एक अभागी छोरी जसले मलेसिया गएका आफ्नो बाबालाइ बोलाउन पाइन ! बिषालु रक्सिले अधुरो राख्यो परिवारसँग रमाउने सपना…

२०७५ चैत्र २४, आईतवार ०९:४५ गते २०७५ चैत्र २४, आईतवार ०९:४५ गते २०७५ चैत्र २४, आईतवार ०९:४५ गते

एक अभागी छोरी जसले मलेसिया गएका आफ्नो बाबालाइ बोलाउन पाइन ! बिषालु रक्सिले अधुरो राख्यो परिवारसँग रमाउने सपना…रीतु थेबे/सन्जिता देवकोटा । काठमाडौं – मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव बहीबार दिउँसो थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो ।त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् । जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अवतरण गरेको थियो, त्यसबेला आफन्त भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पशुपति आर्यघाटसम्म शव पुर्‍याइदिने गाडीका लागि निवेदन गर्दै थिए अलिनो खाएर बुधबार मध्यरातमा काठमाडौं हिँडेका दुर्गाका परिवार र आफन्त बिहान अबेर मात्रै काठमाडौं आइपुगे ।

धार्के-कलंकीको जामले उनीहरुलाई अल्मल्याइदियो । मलेसियाबाट ठेगानको खबर नआएपछि उनीहरु रातसाँझ नभनी काठमाडौं आएका थिए ।चार वर्षकी छोरी लिएर श्रीमानको शव बुझ्न विमानस्थल नवलपरासीको देउराली ८ बाट रातारात गरेर काठमाडौं आइपुगेका आफन्त बिहीबार पौने एक बजे विमानस्थलमा भेटिँदा उनीहरुले शव पाएका थिएनन् ।दुर्गा सिंहकी श्रीमती हेममती राना आफन्तको सहयोगमा ४ वर्षकी छोरी काखी च्यापेर विमानस्थल पुग्नु भएको थियो ।विमानस्थलमा खुशी लिएर फर्किनेको भिडभाडै छ । खुशी खोज्दै परदेश हिँडेकाहरु परिवारसँग विदा मागिरहेका थिए ।

त्यही भिडमा हुनुहुन्थ्यो हेममती र उहाँको आफन्त । एक घण्टा अघि नै आइसकेको श्रीमानको शव बुझ्न २७ वर्षिया हेममती आफन्तको साथ लागेर भन्सार तर्फ लाग्नुभयो । थाकेका आँखा । रुँदा रुँदा आँशु रित्तिएका झैं लाग्थ्यो पतिको शव बुझ्न हेममती आफन्तको पछिपछि भन्सार भित्र छिर्नुभयो ।शव बुझ्न भन्सारको काम सकेर हेममती र आफन्त तीनकुनेमा रहेको कार्गो तिर लागे दिउँसो २ बजेतिर कार्गोमा भिडभाड छ । कर्मचारीको खाजा खाने समय भएकाले मानिसहरु यताउता भैतारिदिँदै छन् । खाजा खाएर कर्मचारी फर्किए । हेममतीले शव बुझ्न सही गर्नुभयो । र कागजपत्र मिलाएर शव निकालियो ।सेतो कपडाले बेरेको लामो बाकस ।

बाकसमा हेममती र दुर्गा सिंहको नाम । शववाहन तयार थियो । बाकस गाडीमा राखेपछि पशुपति तिर गाडी हुँइकियो । अगाडि सिटमा बसेकी हेममतीले श्रीमानको शव राखिएको बाकसतिर फर्किएर हेर्नुभयो । र पशुपति आर्यघाट परिसरमा रहेको विद्युतीय शव दाह गृहमा दुर्गा सिंहको शव दाहसंस्कार गरियो ।सँगै रक्सी खाएका भान्जा बाँचे मृतकका भिनाजु दुर्गाबहादुर सोमाई मगरका अनुसार दुर्गा र उनका दुई जना भान्जा एउटै कम्पनीमा काम गर्थे । बिदाका बेला मामाभान्जा बसेर कोठामा रक्सी खाएका थिए । एक जना भान्जा भने रक्सी नखाने थिए ।रक्सी खाएर बिरामी परेपछि दुवैजना अस्पताल भर्ना भएका थिए ।

भान्जा केही दिन उपचार गरेपछि निको भएर कोठा फर्के । तर दुर्गालाई उपचार लागेन । गएको असोज ३ गते उपचारका क्रममा उनको प्राण गएको थियो ।सालोको अनुहार अन्तिम पटक हेर्न आएका दुर्गाबहादुरले शवको बाकस हेर्दै भन्नुभयो, ‘त्यहाँ गएर मर्न त कसले रुचाएको थियो होला र । छोराछोरीको भविष्य हेरेरै गएको थियो होला । घरमा मर्नु लेखेको थिएन होला । सँगै बसेर खाने यौटा बाँच्ने यौटा मर्ने ।रक्सीले मात्रै हो भने त दुवै मर्नु पर्ने । यो मलाई कन्फ्युज भइरहेको छ ।’ हो, ३० वर्षे दुर्गा सिंह छोराछोरीको भविष्य सोचेरै विदेश गएका थिए । गाउँमा हुँदा बेलाबेला रक्सी खाने गरेकै हो । तर मलेसियामा खाएको रक्सीले ज्यानै लग्यो । दुर्गाबहादुरलाई भन्दा धेरै ‘कन्फ्युज’ त श्रीमती हेममती र तिनका लालाबालालाई पो बनाएर गए त दुर्गा सिंहले ।

कहिल्यै नब्युँझिने गरी बाकसमा निदाइरहेका श्रीमानलाई फर्किएर हेर्दा हेममतीलाई लाग्दो हो, छोराछोरी पढाउनु पर्छ, बढाउनुपर्छ भनेर परदेश हिँडेका मान्छेले किन बेवास्ता गरेका होलान् । १० वर्षपछि मात्रै फर्किन्छु भन्दै जिस्कने श्रीमान् किन बाकस भित्र सुतेर फर्किए होलान् । तीन छोराछोरीका भविष्यका लागि सात समुन्द्र पारी उडेर गएका श्रीमान् कस्ता निष्ठुरी होलान् । चित्त नबुझेर त होला नि हेममतीले फर्की फर्की हेर्नुभएको ।प्रत्येक आइतबार फोन गर्थे दुर्गा सिंहले हेममतीलाई । तर गएको हप्ताको आइतबार फोन गरेनन् । मोबाइलमा पैसा पो थिएन कि भनेर चित्त बुझाउनुभयो ‘आइतबार फोन गरेनन्, सोमबार एकैपटक भाइहरुले अस्पताल लगेको छ भने, मंगलबार त छैन रे भन्ने खबर आयो,’ हेममतीले श्रीमान् स्वर्गे भएको खबर सुनेको क्षण सुनाउनु भयो ।श्रीमानले संसार छाडेको खबर सुनेदेखि नै हेममतीका आँखा ओभाएनन् । ९ वर्षका छोराको पनि आँखा ओभाएन ।आमा रुँदा ७ वर्षकी छोरी पनि सँगै रोइन्, तर बुवाले सधैका लागि छाडेर गए भनेर पत्तो पाएकी छैनन् । बुवा विदेश जाँदा गर्भमा रहेकी कान्छी छोरी आमासँगै बुवाको मलामी बन्न आइन ।

खेतीपातिले ६ महिनाको छाक टार्न पनि नपुग्ने भएपछि युएई गएका दुर्गा ३ वर्ष बसेर फर्किए । युएई बसुन्जेल घरमा सुखैको आगो बल्यो तर पछिका लागि बचत भएन । २०७० साल पुसमा फेरि दुर्गा सिंह मलेसिया जानुभयो । आल्मोनियम कम्पनीमा काम गर्छु भन्थे घरमा । ‘कमाइ छैन भन्थे खाली, कमाएर १० वर्षपछि मात्रै फर्कने भन्ने, कहिलेकाही १०-१२ हजार रुपैयाँ जस्तो पठाउँथे खर्च,’ हेममती केही बेर निशब्द हुनुभयो र बोल्नुभयो, ‘दसैँ मान्न पैसा पठाउँछु भन्नुभएको थियो ।’ श्रीमान् सुतेकै बाकस हेर्दै बोल्नुभयो हेममती ।
एकैछिनमा खरानी हुने शरीरसित के गुनासो गाडीले शव पशुपतिसम्म पुर्‍याइदियो । श्रीमानले संसार छाडेको खबर सुनेको एक हप्ता कसरी बित्यो होला । तर निष्प्राण श्रीमानको अगाडि उहाँले भिजेका परेली देखाउनु भएन । यिनको श्रीमती मै हुँ भनेर कसैलाई देखाउनु थिएन । देखाउँदा पनि ‘बिचरा’ भन्ने बाहेक को नै हुन्थे होला र ।

रक्सीको कारणले परिवारको मियो ढल्दाको पीडा उहाँले श्रीमानको अघि आँशुमा बगाउनु भएन । विद्युतीय शव दाह गृह अगाडि श्रीमान् सुतेको बाकस दाउले काँटी झिकेर उघार्दै गर्दा हेममतीले टाढैबाट हेरिरहनुभयो । सबैले फोटो खिचे, कतिले सेते लुगामा लागेको रगतको टाटो देखेर बिचरा भने । श्रीमानको निष्प्राण देहलाई एक छिन भएपनि हेरौं त उहाँलाई पनि लाग्यो होला ।तर नजिक जानुभएन । परैबाट मनमनै बिदा दिनुभयो । दुई वटा शव दाहसंस्कारका लागि पालाेमा थिए । ती शवभन्दा अघि नै पालो थियो दुर्गा सिंहको । छिनमै जलेर सकिने श्रीमानको शरीरिसँग के गुनासो । शव गृहका कामदारले हुत्याउँदै दुर्गा सिंहको शव भित्र हाल्दा बेरिएको सेतो लुगा ह्वारर्र बल्यो । र ढोका ढ्याप्प लाग्यो । सिसा बाहिरबाट हेरिरहेकी हेममती आँखा चिम्म गरेर अर्कातिर फर्कनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *