मानिसको मृत्यु कहिले हुन्छ भन्ने सुँघेरै पत्ता यी महिला, यस्तो छ उनको भबिष्यवाणी

२०७५ चैत्र २४, आईतवार १०:०६ गते २०७५ चैत्र २४, आईतवार १०:०६ गते २०७५ चैत्र २४, आईतवार १०:०६ गते

मनिसलाई सबै भन्दा ठुलो डर, भय नै मृत्यु हो । मानिसको मृत्यु कहिले हुन्छ भनेर पहिले नै थाहा पाउनु पक्कै पनि जटिल र आश्चर्यजनक कुरा हो । तर यो सत्य नै भएको छ । एक मनोवैज्ञानिकले सुँघेरनै कसको मृत्य हुँदैछ भन्ने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’को बारेमा उनी १२ वर्षकी हुदखेरी नै थाहा भएको बताएकी छिन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् ।त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै मृत्यु भयो । अरीकाले भने- “यो ‘छेटौं इन्द्रिय’ हुँदाहुँदै पनि मृत्यु हुन लागेका व्यक्तिलाई उनले बचाउन सक्दिनन् । अरी भन्छिन्, ‘मलाई थाहा छैन, मैले यो आफ्नो शक्तिलाई के गरुँ । मलाई थाहा हुन्छ, को मर्दैछ । तर म उसलाई जानकारी दिन्नँ किनभने यस्तो गर्नु सही होइन भन्ने लाग्छ ।

मैले यस्तो गर्दा कस्तो नतिजा भोग्नु पर्ला भन्ने डर लाग्छ, मानिसहरुले के सोच्लान् । मैले नियतीसँग खेलवाड गर्नु हुँदैन ।” अरीका अनुसार हरेक व्यक्तिमा यस्तो कुनै न कुनै शक्ति हुन्छ तर बाल्यकालमा सामाजिक दबाब वा पालन–पोषणको तरिकाले यो सधैंका लागि दबिने गर्छ । अरीले अब अन्य थुप्रै महिलालाई मनोविज्ञानको तालिम पनि दिने गरेकी छिन् ।उनले २५ देखि ४५ वर्षका महिलालाई आफ्नो मनोवैज्ञानिक शक्तिलाई राम्रो काममा कसरी प्रयोग गर्नेबारे भन्ने सिकाउँछिन् । सोसल मिडियामा आफूले नकारात्मक कमेन्ट पाउने गरेको पनि उनले जानकार दिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *