एन प्याव्सनद्धारा एसईईमा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

२०७५ असार ३०, शनिबार ०३:३१ गते २०७५ असार ३०, शनिबार ०३:३१ गते २०७५ असार ३०, शनिबार ०३:३१ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ३० असार । एन प्याव्सन दाङले एसईई परिक्षा २०७४ मा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई सम्मान तथा बधाई गरेको छ । शुक्रवार दाङको राप्ती गाउँपालिका वडा नम्वर २ वराखुट्टीमा रहेको पव्लिक एजुकेशन एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी एसईई परिक्षामा जिल्लामा सवै भन्दा धेरै अंक ल्याउने छात्र छात्राहरुलाई सम्मान गरेको हो । एन प्याव्सन दाङ जिल्ला अध्यक्ष भिमबहादुर वुढाथोकीको अध्यक्षता , एन प्याव्सन प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डागीको प्रमुख आतित्थ्यता एवम् एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा , राप्ती गाउँपालिका शिक्षा समितिका सदस्य शिवध्वज मल्ल र गढवा गाउँपालिका शिक्षा समितिका सदस्य शसिराम वलिको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा एन प्याव्सन दाङमा आवद्ध बिद्यालयहरु मध्येबाट एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पव्लिक एजुकेशन एकेडेमी देउखुरीका छात्र प्रतिक अधिकारी , सोही बिद्यालयकी छात्रा गिता सुवेदी र राप्ती वाल एकाडेमी तुलसीपुरका छात्र प्रविण भुसाललाई नगद तथा सम्मान पत्रद्धारा सम्मान तथा पुरस्कृत गरिएको हो । सो अवसरमा बिद्यालयलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बालबालिकाहरुको चौतर्फी विकासका लागी सम्मान कार्यक्रम सहयोगी हुने बताएका थिए । बक्ताहरुले सम्मानका कारणले अन्य बालबालिकाहरुमा समेत पढाई प्रति रुचि वढने भन्दै सम्मानलाई अवसरको रुपमा लिएर अगाडि वढन सुझाव दिएका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि डागिले राज्यले निजी बिद्यालयहरुलाई उपेक्षा गरिरहेको आरोप लगाए । निजी बिद्यालयहरुमाथि सरकारले क्रमिक रुपमा गरिरहेको प्रहारले पनि त्यो देखाउने बताए । सरकारले सामुदायिक बिद्यालयहरुमा अरवौ लगानी लगाए पनी त्यसको कुनै प्रतिफल नआएको तर निजी लगानीमा संचालित स्कुलहरुले सरकारलाई दक्ष जनशक्ति उत्पादन गरेर दिई रहेको बताए । उनले पछिल्लो समयमा सामुदायिक स्कुलहरु निजी बिद्यालयहको सिको गरेर अग्रेजी माध्यमको पठन पाठन लगायत अन्य कुराहरु गरिरहेको बताए । सो अवसरमा केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा , राप्ती गाउँपालिकाका शिक्षा समिति सदस्य शिवध्वज मल्ल , गढवा गाउँपालिकाका शिक्षा समितिका सदस्य शसिराम वली , पव्लिक एजुकेशन एकेडेमी देउखुरीका संचालक समिति अध्यक्ष श्रीकृष्ण शर्मा , सोही बिद्यालयका प्रिन्सिपल बिक्रान्त ज्ञवाली लगायतकाले बोलेका थिए । एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा धन्यबाद उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए भने कार्यक्रमको संचालन सचिव ठाकुर प्रसाद डागीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *