कम्मर र नसा च्यापिने कारण र रोकथामका उपायहरू यस्ता छन्

२०७५ चैत्र २४, आईतवार १७:१७ गते २०७५ चैत्र २४, आईतवार १७:१७ गते २०७५ चैत्र २४, आईतवार १७:१७ गते

डा. यन्जन गैह्रे
मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरूको दण्डाकार संरचना हो । यी हड्डीहरूलाई आपसमा ईन्टर–भट्टेब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लम्ववद्ध दण्ड बनाएर राख्दछ ।

मेरुदण्डमा टाँसिएका मांसपेशीहरूले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ ।यी ढाडका हड्डीहरूमा स्पाइनल क्यानले नामक लम्ववद्ध प्वाल हुन्छ जसबाट स्पाइनल–कार्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दायाँ“–बायाँ“ स्पाइनल फोरिमान नामक प्वालहुदै स्पाइनल–कार्ड बाट स्पाइनल नर्भहरू (साना स्नायू नसा ) निस्किएका हुन्छन् ।यी नसाहरू ढाडको स्पाइनल–कार्ड वाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।यिनै नसाहरू च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो ।तर नशामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक हुन्छ ।

ढाड कम्मर दुख्ने कारण

  • १ गलत तरिकाले चिजबिजहरू उचाल्नु
  • २ एक्कासि गरिने कडा व्यायाम
  • ३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
  • ४ आकस्मिक दुर्घटनाहरू जस्तैः उचाइबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
  • ५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
  • ६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
  • ७ लामो समयसम्म कुप्री परिरहनु
  • ८ धेरै गह्रौँ वस्तुहरू उचाल्नु
  • ९ गर्भवती अवस्था
  • १० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारीरिक परिवर्तन आदि ।
  • रोकथामका उपायहरू
    १ सामान्य व्यायाम – शरीर तन्काउने हिँड्ने आदि
  • २ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
  • ३ पानीको प्रशस्त सेवन किनकि मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
  • ४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
  • ५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।
  • ६ उकाली ओराली गर्दा सिडी चढ्दा सावधानीपूर्वक बिस्तारै हिडौं ।
  • ७ ड्राइभिङ सिटमा अथवा कुर्सीमा बस्दा ‘ब्याक रेष्टको प्रयोग गर्ने गरौँ ।
  • ८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ ।
  • ९. शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौँ । विशेषता पेटलाई बढ्न नदिऔं यसले ढाडमा अतिरित्त दबाब दिन्छ ।
  • १०. कम्मर वा गर्धन दुख्ने समस्या भएकाहरुले मोटरसाइकल नचलाऔं । हिँड्दा डा“डको वेल्ट वा घा“टिको कलर लगाऔँ ।

ध्यान दिनुपर्ने कुरा
कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ ।तर सरल विधिहरू जस्तै– योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनविना नसा च्यापिएको निको गर्न सकिन्छ। चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुनुस् ।दुखाइ र नशामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरूको प्रयोग गर्नुस् ।(लेखक, वेलनेस अस्पतालका डाक्टर)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *