प्रहरी चौकी सिसहनियाँको भवन उद्घाटन

२०७५ श्रावण ४, शुक्रबार ०९:५५ गते २०७५ श्रावण ४, शुक्रबार ०९:५५ गते २०७५ श्रावण ४, शुक्रबार ०९:५५ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ ४ साउन । देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा प्रहरी चौकीको भवन निमार्ण कार्य सम्पन्न भएको छ । शान्ति सुरक्षाका दृष्टिकोणले सिसहनियाँ बजार अति संवेदशिल क्षेत्र भएकाले प्रहरी चौकीको भवन निमार्ण गरिएको हो । चौकीको भवन निमार्णका लागि स्थानीय पदमप्रसाद ज्ञवालीले १५ धुर जग्गा उपलब्ध गराएपछि स्थानीय बजारबासी र अग्रज व्यक्तित्वहरुको पहलमा राप्ती गाउँपालिका, प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ र स्थानीयको सहयोगमा भवन निर्माण गरिएको हो । राप्ती गाउँपालिकाको ६ लाख, प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको ६ लाख र स्थानीय सहयोगदाताको ७ लाख ४६ हजार ७ सय रुपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । यसै बिच शुक्रवार एक कार्यक्रम बिच भवनको उद्घाटन गरिएको हो । भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष तुलसी गौतमको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी र विशिष्ट अतिथि सिंहले उक्त दुई वटा भवनको अनावरण गरेका हुन् । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल,वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चौधरी,प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खाती,विष्ट स्वास्थ्य पोलीक्लिनिकका सञ्चालक प्रकाश विष्ट, सहयोगदाता खिमबहादुर केसी, शिवा शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भवन निमार्णमा महत्वपुर्ण योगदान पु¥याउने सहयोगदाता,श्रमदाताका तर्फबाट ५ जना प्रहरी जवानलाई सम्मानपत्र, खादा र टिका लगाएर सम्मान गरिएको थियो भने जग्गादाता पदम ज्ञवाली, भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष तुलसी गौतम, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खाती, प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा भवन निमार्ण उपभोक्ता समितिका सचिव देवप्रसाद चौधरीले आम्दानी र खर्च विवरण पेश गरेका थिए । अनुगमन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *