मलेसियामा बस दुर्घटनाः दुई नेपालीको मृत्यु, १४ जना घाइते

२०७५ चैत्र २५, सोमबार १८:२५ गते २०७५ चैत्र २५, सोमबार १८:२५ गते २०७५ चैत्र २५, सोमबार १८:२५ गते

क्वालालम्पुर । मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था गम्भीर छ। बस दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनाको आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । सो बसमा नेपाली, बंगलादेशी र इन्डोनेशियन कामदार चढेको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *