“तालबाराही” मन्दिर उत्पतिको कथा, यस्तो छ फेवतालको धार्मिक महत्व

२०७५ चैत्र २६, मंगलवार ११:२० गते २०७५ चैत्र २६, मंगलवार ११:२० गते २०७५ चैत्र २६, मंगलवार ११:२० गते

आन्तरिक तथा बाह्य पपर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ्रे हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ ।तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ ।

‘तालबाराही मन्दिर’ संरक्षण गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरका अनुसार यस मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्ती अनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ ।

तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ ।श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । “पोखरालाई पर्यटकीय रुपमा चिनाउन फेवाताल यहाँको महत्वपूर्ण सम्पत्ति हो,” पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० पोखराका अध्यक्ष सोम थापाले भन्नुभयो, “पोखराको गहना फेवाताल हो भने फेवातालको गहना तालबाराही मन्दिर हो ।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *