अर्घाखाँचीमा ड्राइभर केटीसँग जिस्कींदा दु्र्घटना

२०७५ चैत्र २६, मंगलवार १४:१६ गते २०७५ चैत्र २६, मंगलवार १४:१६ गते २०७५ चैत्र २६, मंगलवार १४:१६ गते

अर्घाखाँची, २६ चैत । अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।घटनास्थल सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक पर्छ। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्क र बुट्वल अस्पतालमा १/१ जना गरी ४ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताउनुभयो ।दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका-२ का ५२ वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य, सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ र उनकी आमा बर्ष ३० कि बिष्णुमायाँ श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो।उहाका अनुसार प्रीन्सको सन्धिखर्क अस्पतालमा र उनकी आमाको बुट्वलमा उपचारका क्रममा मृत्यु भएको हो। १४ सिट सवार जिपमा चालक सहित १८ बढी यात्रु सवार थिए।

जसमध्ये १५ जनाको सन्धिखर्क र बुट्वल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ। गाडी दुर्घटनामा घाईते भएका १४ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।भुमिकास्थान ९ का भारती थापा, भुमिकास्थान ७ का शिवबहादुर रायमाझी, भुमिकास्थानका ज्ञानु थापा, रोल्पाका रेगबहादुर थापा, निर्मला घर्ती मगर, सन्धिखर्क ९ का मुमादेवी आचायर्य, मालारानी ५ का सन्ध्या भुसाल, प्युठान ऐरावतीका सोनु शाही र डेविट विक्रम शाह, सन्धिखर्क १२ का राजेश नेपाली, भुमिकास्थान ५ का मिना बन्जाडे, भुमिकास्थान ८ का हिराबहादुर विक, भुमिकास्थान ६ का संगीता घर्ती, भुमिकास्थान ५ का जीवन थापा र भुमिकास्थान नगरपालिका ६ का गाडि चालक श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरीले जानकारी दिएको हो ।गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि डिस्चार्ज भएर घर फर्किनुभएको छ ।दुर्घटनामा मृतक सहित प्युठानको ऐरावतीका स्थानीय समेत घाईते भएको भन्दै गाउपालिकाले दुख ब्याक्त गरेको छ। गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले घटना सुन्दा दुख लागेको बताउनुभयो। विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ड्राइभर गाडिमै सवार एक जना महिलासँग जिस्किरहेकाे अबस्थामा गाडि अनियन्त्रित भएकाे घाइतेले बताएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *