आमा र छोरीले उडाए जहाज: डेल्टा बोईङमा आमा क्याप्टेन छोरी पाइलट

२०७५ चैत्र २७, बुधबार १०:४२ गते २०७५ चैत्र २७, बुधबार १०:४२ गते २०७५ चैत्र २७, बुधबार १०:४२ गते

अमेरिकामा हालै दुई पाइलटको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । कारण- क्याप्टेन वेन्डी रेक्सटन र उनको छोरी केली रेक्सटनले एउटै विमान उडाउनु ।१६ मार्चमा यी आमाछोरीले अटलांटादेखि डेल्टाको बोइङ-७५७ विमान उडाएका थिए । सोही तस्वीर अहिलेसम्म पनि भाइरल भइरहेको छ ।मेट्रो र इन्डिपेन्डेन्टको खबरअनुसार यस फ्लाइटमा वेन्डी क्याप्टेनको जिम्मा सम्हालिरहेकी थिइन् भने उनको छोरी केली फर्स्ट अफिसर हुन् । यतिमात्र होइन उनको परिवारको अन्य सदस्य पनि पाइलट हुन् । केलीकी बहिनी केट पनि पाइलट हुन् र उनका पिता बिल ब्राउन रिटायर्ड पाइलट हुन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे, ‘फेमिली फ्लाइट क्रू गोल्स’ अर्थात् ‘क्रू’मा परिवारको लक्ष्य ।

चीनले दियो हावाहुरीले घरबार बिहिन बनेका तराईबासीलाई ठुलो आर्थिक सहयोग

काठमाडौं: छिमेकी चीनले हुरीको वितन्डामा परी समस्या भोगिरहेका नेपालीको तत्काल जीविकाका लागि सहयोग गरेको छ। चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्।

‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन । एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्, ‘नेपालीको भावनामा हामी चिनियाँहरू सँगै छौं। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं। समस्यामा परेकालाई सहयोग रहनेछ।’

दूतावास अधिकारीका अनुसार तत्काल राहतका साथै पुनर्निर्माणमा पनि चीनले सहयोग गर्ने विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल चलाइन्। राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन्।

राष्ट्रपतिको भ्रमणबारे छलफल

प्रधानमन्त्री ओली र राजदूत होउबीच राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबारे पनि छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट राष्ट्रपति भण्डारीको उपस्थिति रहने हुनाले द्विपक्षीय समझदारीका विषयमा छलफल भएको अधिकारीको भनाइ छ।

सम्मेलन वैशाख दोस्रो साता चीनमा हुँदै छ। प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बेला भएका समझदारी कार्यान्वयन गर्दै सम्बन्ध थप उचाइमा लैजान आफू तयार रहेको बताएका थिए। उनले नेपाल–चीन सम्बन्ध उचाइमा पु¥याउन निर्वाह गरेको भूमिकाका लागि राजदूतलाई धन्यवाद दिँए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *