एजेन्सी – प्रायजसो हाम्रो शरीरको कुनैपनि भागमा गांठोगुठ्ठी बन्न सक्छ । गांठोगुठ्ठीको शुरुवात एउटा धेरै सानो अन्नबाट हुन्छ । तर यो बढ्दै गएपछि यसको कारणले हाम्रो शरीरमा गम्भिर रोगहरु पनि लाग्न सक्छ । यो गांठोगुठ्ठी क्षयरोग देखि लिएर क्यान्सर रोगको शुरुवातको चिन्ह हो । यदि कुनै ब्यक्तिको शरीरको कुनै भागमा गांठोगुठ्ठी आएको छ ।जस्को कारणले आन्तरिक वा बाह्य रक्तस्राव भईरहेको छ भने यो क्यान्सर रोगको शुरुवातको लक्षण हुनसक्छ । तर क्यान्सर रोग उत्पन्न गर्ने नै गांठोगुठ्ठी हो भनी निश्चित रुपमा भन्न सकिदैंन । केही गांठोगुठ्ठी साधारण रोग उत्पन्न गर्ने कारण पनि बन्न सक्छन् । कुनैपनि गांठोगुठ्ठीको वास्ता नगरि बस्नुहुदैंन । त्यसको तुरुन्तै उपचार गरि हाल्नुपर्छ ।
केही मानिसहरु अपरेशन गर्न डराई गांठोगुठ्ठीको उपचार चाडैं गर्दैनन् । तर सबैले यस कुरामा होश पुर्याउन जरुरी छ की सानो गांठोगुठ्र्ठी लगातार बेवास्ता गर्नाले यसको कारणले धेरै समस्याहरु उत्पन्न हुन सक्छन् । आज हामी तपाइँलाई कुनैपनि गांठोगुठ्ठीको आयुर्वेदिक उपचारको बारेमा जानकारी दिन्छौं । जस्को वर्णन तल गरिएको छ ।
सिमाली
कुनैपनि प्रकारको गांठोगुठ्ठीबाट मुक्ति पाउनको लागि पानीमा सिमालीलाई उमालेर बनाएको २० देखि २५ मिलीलिटर पदार्थलाई १–५ मिली लिटर अँडिरको तेलमा राम्ररी मिसाउनुहोस् । र यस मिश्रणलाई खानुहोस् । यसबाट तपाइँको गांठोगुठ्ठीको समस्या ठिक हुनेछ ।
कोइरालोको बोक्रा र गोरखमुन्दि:
– २५–३० ग्राम कोइरालोको ताजा र सुख्खा बोक्रालाई पिस्नुहोस् ।
– एक गिलास पानीमा पिसेको कोइरालाको बोक्रालाई हालेर २ मिनेटसम्म उमाल्नुहोस् ।
– राम्रोसँग उमालिसकेपछि यस्मा एक चम्चा पिसेको गोरखमुन्दि हाल्नुहोस् । र यस पानीलाई फेरि १ मिनेटसम्म उमाल्नुहोस् ।
– यसपछि पानीलाई छानेर दिनमा दुईपटक पिउनुहोस् । यस पानीलाई २०–२५ दिन पिउनाले कुनैपनि प्रकारको गांठोगुठ्ठीबाट छुट्कारा पाउन सकिन्छ ।
गहुँको पिठो:
गहुँको पिठोमा पानी हाल्नुहोस् । अब यस पिठोमा पापडखार (पापड बनाउन प्रयोग हुने पदार्थ ) लाई मिसाई खानुहोस । यसले तपाइँलाई फाईदा मिल्नेछ ।
आँकको दुध:
गाँठलाई निको पार्नको लागि आँकको दुधमा माटो मिलाउनुहोस् । अनि यस दुधको लेप गांठोगुठ्ठी आएको भागमा लगाउनुहोस् । यसबाट तपाइँलाई आराम मिल्नुका साथै गांठोगुठ्ठीको समस्याबाट पनि छुट्कारा मिल्दछ ।
रासायनिक मल बिनानै स्वस्थ बोटविरुवा बढाउने सरल उपाय
हामी सबै बोटबिरुवा रोपण प्रकृयामा परिचित छौं । तपाइँलाई बोटबिरुवा उम्रिने वा बढ्ने प्रक्रियामा चिन्ता लिनुपर्ने आवश्यकता छैन । मात्र तपाइँले यसको उचित तरिकाले रोपण गरी स्याहारसुसारमा ध्यान दिनु जरुरी छ ।
स्वस्थ बिरुवा कसरी पलाउने ?
यसको लागि तपाइँले सबैभन्दा पहिला सहि प्वाल खन्नुहोस् । त्यसपछि सहि रुपमा मल राखि समयसमयमा आवश्यकता मात्रामा पानी हाल्न नबिसर्नुहोस् ।
तपाइँले विशेष गरी मल हाल्नमा ध्यान दिनु अति आवश्यक छ । राम्रो मल हाल्नाले बिरुवा चाडैं र राम्रो तरिकाले उम्रिन्छ । माटो उच्च स्तरको नभए पनि मलमा भएको पोषण तत्वले बिरुवालाई बाँच्नको लागि मद्धत गर्दछ ।
मल भनेको के हो ?
माटोलाई पोषण तत्व प्रदान गरी विरुवालाई हुर्किन मद्धत गर्ने प्राकृतिक वा रासायनिक पदार्थ नै मल हो । मलमा सामान्यतया नाईट्रोजन, सल्फर र पोटासियम जस्ता तत्व पाईन्छन् ।
बजारमा आजभोली तपाइँले पूर्वमिश्रित माटो किन्न सक्नुहुन्छ । यस्मा मलमा जस्तै विरुवालाई राम्ररी हुर्काउनको लागि आवश्यक पोषक तत्वहरु पाइन्छ । तर यस्ता मलहरु हामीले साचेको जस्तै सस्तो र सुलभ हुदैंन । त्यसैले हामीले विरुवालाई राम्ररी हुर्काउन सक्ने गुण भएको र पोषण तत्व प्रदान गर्ने सस्तो मलको बारेमा सोच्न जरुरी छ ।
यसको लागि केरा र अण्डाको प्रयोग गरी मल बनाउने जस्तो राम्रो उपाय अरु हुन सक्दैन । आज हामी तपाइँलाई यसै उपायको बारेमा जानकारी दिन्छौं । यसको प्रयोगबाट माटोमा फाईदा हुनुको साथै सकारात्मक प्रभाव पर्दछ ।
बनाउने विधि :
यसलाई बनाउने विधि एकदमै सरल छ । सबैभन्दा पहिला एउटा गहिरो प्वाल खन्नुहोस् । त्यसपछि सबै केरा र अण्डालाई प्वाल भित्र हाल्नुहोस् र केहि भागलाई गाड्नुहोस् । त्यसपछि विरुवालाई रोप्नुहोस् ।केरा र अण्डा कुहिएर चीनी र पोषण तत्वमा परिणत हुन्छ । जस्लाई माटोले पूरै रुपमा सोसेर विरुवामा सार्दछ। र यसबाट विरुवालाई राम्ररी हुर्कन मद्धत मिल्दछ ।यस विधिको प्रयोगले तपाइँले सस्तो मल मात्र प्राप्त गर्ने नभई प्राकृतिक रुपमा सजिलै माटोलाई आवश्यक तत्वहरु प्रदान गर्न सक्नुहुन्छ ।
Views: 0