एजेन्सी। एक महिलाले सामाजिक संजाल रेडिटमा आफ्नो पतिबाट पाएको धोकाको कहानी शेयर गरेकी छिन् । महिलाका अनुसार बिहेको कैयौं वर्ष पछिसम्म कैयौं कोसिस गर्दा पनि उनी गर्भवती हुन सकिरहेकी थिइनन् ।
उनलाई लाग्यो कि उनको गर्भाशयमै कुनै समस्या भएका कारण यस्तो भइरहेको छ । त्यसपछि उनले ३ वर्षसम्म फरक फरक किसिमका उर्वरता बढाउने उपचार गरिन् । यो उपचार निकै पीडादायी र महंगो पनि थियो ।
२९ पटक गर्भ परीक्षण गर्दा पनि नकारात्मक नतिजा आएपछि महिलाले आफ्ना पतिलाई कि त आइभीएफ परीक्षण गर्ने वा डिभोर्स गर्ने चेतावनी दिएपछि बल्ल उनका पतिको रहस्य खुल्यो । पतिले बताए कि उनले ती महिलासँग बिहे गर्नुभन्दा पहिल्यै स्थायी बन्ध्याकरण गरिसकेका थिए । महिलाले आफूले यो सत्य थाहा पाएर निकै दुःखी भएको लेखेकी छिन् । उनका अनुसार डाक्टरले सीमेन एनालिसिस (वीर्य परीक्षण) गर्नुपर्ने भनेका थिए तर उनका पतिले अस्वीकार गरे । यस विषयमा महिलाले पनि पतिको साथ दिइन् ।
उर्वरता बढाउने उपचारको क्रममा उनलाई धेरै हर्मोनका इन्जेक्सन र औषधी दिइयो । २९ पटक नकारातमक गर्भ परीक्षण गर्दासम्म पनि पतिले उनलाई सत्य बताएका थिएनन् । जब उनले आइभिएफ टेस्ट र डिभोर्सको धम्की दिइन् त्यसपछि बल्ल पतिले वास्तविकता बताए । अब महिलाले पतिलाई तीन विकल्प दिएकी छिन् । उनका पतिले या त बन्ध्याकरण हटाउने, कि कुनै वीर्यदाताको वीर्य लिएर बच्चा जन्माउने वा सम्बन्धविच्छेद गर्ने विकल्पमध्ये कुनै एक रोज्नुपर्नेछ ।
Views: 0