खुःशीको खबर : अचानक अपत्यारिलो तरिकाले घट्यो सुनको मुल्य !

२०७५ चैत्र २७, बुधबार १८:०३ गते २०७५ चैत्र २७, बुधबार १८:०३ गते २०७५ चैत्र २७, बुधबार १८:०३ गते

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । अर्कोतिर चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पढाईमा अब्बल बिधालयमा सधै कलास फस्ट हुने मोनिका, रिजल्ट नसुनी संसार छाडिन्

सन्धिखर्क, चैत्र २५। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -८ लातेवाजमा आज दिउँसो लु.१ ज .१२२९ नम्बरको देउराली यातायातको महेन्द्र जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनालाई उपचारको लागि असपताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको थियो ।दुर्घटनामा ४ जना गम्भीर घाइते ८ जना सामन्य घाइते भएका छन् । चुत्राबेशी बाट दिउँसो १ बजे प्युठानको बरौलाको लागि छुटेको लु.१ ज.१२२९ नम्बरको महेन्द्र जिप भुमिकास्थान -८ लात्तेबाजमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा प्युठान जिल्लाको बैरनी निवासी १४ बर्षिय मोनिका आचार्य रहेकी छिन भने प्युठान एरावतीका ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भना निवासी ३ बर्षिय प्रिन्स श्रेष्ठ रहेका छन ।

सामान्य घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ भने गम्भीर घाइते ४ जनालाई बुटवल रिफर गरिएको जानकारी आएको छ ।यो घटनामा मोति माध्यमिक विद्यालयको कक्षा ८ को परिक्षा दिई मोनिका फुर्सदको समयमा आफन्त भेटन् अर्घाखाँची पुगेकी थिइन। १४ बर्षिय मोनिका आचार्यको दुर्घटनामा मृत्यु हुँदा विद्यालयले कक्षा १ देखि ७ सम्म प्रथम हुने छात्रा गुमाएको छ ।
विद्यालयका शिक्षक महेश कुमार श्रेष्ठ यस बर्षमा दिएको कक्षा ८ को परिक्षाको नतिजा अनुसार पनि मोती माद्यामिक विद्यालयको कक्षा प्रथम भएको जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed