यस्ता छन् , “तेज दिमाग” बनाउने सरल उपाएहरु

२०७५ चैत्र २७, बुधबार १८:३१ गते २०७५ चैत्र २७, बुधबार १८:३१ गते २०७५ चैत्र २७, बुधबार १८:३१ गते

मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । दिमागलाई स्वस्थ राख्ने केही उपाय अपनाउ सकिन्छ । हिडडुल गर्नेः हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिड्नुहोस्, ताकी तपाईको दिमाग बढी सक्रीय होस् । कफी पिउनुहोस्: ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकरात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।

ध्यान गर्नेः वास्तवमा ध्यानले मानिसको दिमागलाई निकै फूर्तिलो र तेज बनाउछ । वास्तविक ध्यानले तपाईको दिमाग वास्तविक भन्दा साढे सात वर्ष कलिलो बनाउँछ । तसर्थ ५० वा सो भन्दा माथि उमेरका मानिसले नियमित ध्यान गर्नुपर्छ । ध्यानले वास्तवमै दिमागका नयाँ कोष उत्पन्न गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । जतिसुकै उमेर भए पनि दिमागले तपाईको दिमागको स्मरण बढाउछ । पर्याप्त निन्द्राः दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न बयस्कको दिमागलाई दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्छ ।

विभिन्न खेल खेल्नेः खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ । शारीरिक रुपमा बाहिर जान समय नभएमा कम्पयुटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकी खेलले दिमागको व्यायाम गराउँछ । संगीत सुन्नेः स्मरण शक्ति बढाउन संगीतकार बन्नुपर्छ भन्ने छैन । संगीत सुन्दा पनि हुन्छ । संगीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed