ओमप्रकाश गुप्ता
देउखुरी १४ साउन । देउखुरीको लमही स्थीत सार्वजनिक बगैचामा भएको फाइनल देउखुरी डान्सिङ स्टार सिजन २ को उपाधी सवै भन्दा सानी प्रतियोगी भालुवाङ निवासी ६ वर्षिय अनुष्का आचार्यले हात पारेकी छिन् । उनी टप १० का प्रतियोगीहरुलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । उनले नगद ५० हजार, मेडल,टफी प्राप्त गरेकी छिन् । सानै देखि नृत्यमा रुची राखेकी अनुष्का विद्यालय तथा हरेक मेला महोत्सव तथा अडिसनहरुमा भाग लिदै आइरहेकी थिइन् । अनुष्काले आमाको सहयोगमा नृत्य सकेको बताइएको छ । अडिसनको फाइनल नृत्यमा दर्शकहरुको यथा माया पाएकी थिइन् । आमा बुवाको प्रेरणा पाएकी अनुष्कालाई निकट भविष्यमै डान्सर बनाउने चाहाने भएको आमा शोभा आचार्यले बताएकी छिन् । त्यसै गरी निलम राईले दोस्रो स्थान हासिल गरेकी छिन् । उनले नगद ३० हजार मेडल,टफी प्राप्त गरेकी छिन् । भने समिर केसीले तितृय स्थान हासिल गरेका छन् । उनले नगद २० हजार नगद मेडल,टफी प्राप्त गरेका छन् । देउखुरी डान्सिङ स्टार सिजन २ को आयोजनामा अडिसनको समापन गरिएको हो । देउखुरी डान्सिङ स्टार सिजन २ का अध्यक्ष दिपक बर्माको अध्यक्षताख एवम् लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन रितिका खनाल, सागर खत्री र विजय पुन मगरले गरेका थिए ।
Views: 0