राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा, शरिरलाई यस्ता सात फाइदा

२०७६ बैशाख २, सोमबार ०८:२४ गते २०७६ बैशाख २, सोमबार ०८:२४ गते २०७६ बैशाख २, सोमबार ०८:२४ गते

नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईंलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरिरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् ।डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो । गर्मीमा यसले शरिरलाई शितलता प्रदान गर्छ । काँचो नरिवलमा पानीको मात्रा पनि हुन्छ त्यसकारण शरिरलाई हाइड्रेट गर्दछ । यसले कपाल र छालालाई स्वस्थ बनाउँछ ।यदि तपाईंलाई कब्जियतको समस्या छ भने नरिवलको एउटा ठूलो टुक्रालाई खाएर सुत्नुहोस् । बिहान तपाईंको पेट सफा हुन्छ । यसमा फाइबर पाइने भएकाले पेट सफा गर्दछ ।

जसलाई गर्मीमा नाकबाट रगत आउँछ, उनीहरुका लागि यो औषधीजस्तै हो । यसलाई मिश्रीसँग खाँदा नाकबाट रगत आउने समस्या समाधान हुन्छ। यदि कसैलाई बान्ता आइरहेको छ भने नरिवलको टुक्रा मुखमा राखेर केही बेरसम्म चपाउँदा रोकिन्छ ।साथै, नरिवलमा गुड कोलेस्ट्रोल पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।यो एक एन्टिबायोटिक हो, यसले हरेक प्रकारको एलर्जी हटाउन सहयोग गर्दछ ।नरिवलको तेल राम्रो सनस्क्रिन हो । घाममा निस्कनु अघि यसलाई छालामा लगाएर निस्कनुहोस् ।डण्डिफोरबाट राहत पाउनका लागि घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउनुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed