हातमा बन्दुक लिएर टिकटक भिडियो बनाउने क्रममा अचानक गोली चली लियो साथीको ज्यान …

२०७६ बैशाख ३, मंगलवार ०९:५१ गते २०७६ बैशाख ३, मंगलवार ०९:५१ गते २०७६ बैशाख ३, मंगलवार ०९:५१ गते

भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो ।आइतबार राति सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए ।सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको प्रहरीले जानकारी दियो ।

आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा घटना घटेको हो ।घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए, जहाँ उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए । ‘त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याएका थिए, तर डक्टरले उनको मृत्यु भएको घोषणा गरे,’ प्रहरीले भन्यो ।

आमिर, सोहिल र अर्काे एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेकाेको मुद्दा दर्ता गरिएको प्रहरीले बताएकाे छ ।‘सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको हो’, प्रहरी अधिकारीले भने। गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed