बच्चाको हातगोडा दुखाइले हैरान हुनुहुन्छ ? कुन उमेरमा कति क्याल्सियम केबाट आपूर्ति गराउने ?

२०७६ बैशाख ३, मंगलवार १९:४३ गते २०७६ बैशाख ३, मंगलवार १९:४३ गते २०७६ बैशाख ३, मंगलवार १९:४३ गते

बालबालिकामा शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यसखालको समस्या देखिन्छ त ?बच्चामा आवश्यक क्याल्सियमको कमीले विभिन्नखालका समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङ बताउँछन् । ‘बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ,’ उनले भने, ‘चुलबुले तथा खेल्ने बच्चालाई क्याल्सियमको मात्रा बढी चाहिन्छ ।’

बच्चालाई उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पुर्याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइको कारण बाथरोग पनि हुन सक्छ । कतिपय बालबालिकामा भने बाथको समस्या पछि गएर आफैँ ठिक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुन सक्ने डा. गुरुङ बताउँछन् ।बच्चालाई उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पुर्याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइको कारण बाथरोग पनि हुन सक्छ । कतिपय बालबालिकामा भने बाथको समस्या पछि गएर आफैँ ठिक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुन सक्ने डा. गुरुङ बताउँछन् ।

बच्चाको ढाडदुखाइमा भने विशेष ध्यान दिनैपर्छ । ‘प्याथोलोजिकल’ समस्या नभई बच्चाहरूमा ढाडको समस्या हत्तपत्त नदेखिने गुरुङको भनाइ छ । ‘कुनै वेला बच्चाको ढाडको हड्डी स्लिप भइदिन्छ भने कतिपयको जन्मिँदै हड्डीमा समस्या भएको हुन सक्छ,’ उनले भने, ‘जन्मिँदै देखिएको समस्यामा ट्युमर पनि हुन सक्छ, विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो ।

कति वर्षको बच्चालाई कति आवश्यक हुन्छ क्याल्सियम ?

०–६ महिना – प्रतिदिन २०० मिलिग्राम

६–१२ महिना – प्रतिदिन २६० मिलिग्राम

१–३ वर्ष – प्रतिदिन ७०० मिलिग्राम

४–८ वर्ष – प्रतिदिन १,००० मिलिग्राम

९–१३ वर्ष – प्रतिदिन १,३०० मिलिग्राम

बालबालिकाका लागि क्याल्सियमका उत्तम स्रोत

डेरी उत्पादन, जस्तै, दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोभी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ । उमेरअनुसार बच्चालाई प्रतिदिन कुन परिमाणमा क्याल्सियम आवश्यक छ भन्ने कुराको जानकारी हुनु जरुरी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *