सय वर्ष लगाएर बनाएको ८ सय वर्ष पूरानो पेरिसको नोट्र ड्याम ८ घन्टामै भयो खरानी

२०७६ बैशाख ५, बिहीबार १०:३७ गते २०७६ बैशाख ५, बिहीबार १०:३७ गते २०७६ बैशाख ५, बिहीबार १०:३७ गते

फ्रान्सको पेरिस जाने पर्यटकले दुइटा कुरा छुटाउँदैनथे, आइफेल टावर र नोट्र ड्याम। तर अब भने तीमध्ये एउटा गन्तव्य पर्यटकले ‘मिस’ गर्नेछन्।

मध्यकालीन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस सोमबार राती लागेको आगोले लगभग खरानी भएको छ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक आर्किटेक्चरको नमूनामा मानिने उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झन्डै आठ घन्टा लाग्यो।

सन् ११६० मा काम सुरू गरेर १२६० मा तयार भएको ८ सय वर्ष पूरानो आफ्नो सम्पदा जलेको हजारौं पेरिसवासीले लामवद्ध बनेर हेरेका थिए। तीमध्ये धेरैका आँखामा आँशु थियो।

आगो नियन्त्रण गर्ने क्रममा एक जना अग्निनियन्त्रक घाइते भएको बताइएको छ। आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन।

राष्ट्रपति इमान्युल म्याक्रों देशवासीका नाममा गर्न लागेको सम्बोधन स्थगित गरेर घटनास्थल पुगेका थिए।

उनले आफ्नो सरकारलेनोट्र ड्यामको पुनर्निर्माणलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

त्यसका लागि उनले फ्रान्सभित्र र बाहिर रहेकाहरूसँग फ्रान्सेलीहरूमा सहयोगको अपिल गरेका छन्।

गुसी लगायतका ब्रान्डको उत्पादक केरिङका प्रमुख कार्यकारी अधिकृतले ११३ मिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको समाचार संस्था एएफपीले जनाएको छ।

नोट्र ड्याम जल्दा संसारभरका नेताहरूले फ्रान्सलाई समवेदना पठाएका छन्।

जर्मन चान्सलर एन्केला मर्केलले नोट्र ड्याम फ्रान्स र पूरै युरोपको साँस्कृतिक प्रतीक भएको बताएकी छन्। बेलायती प्रधानमन्त्री

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *