ग्रहचक्रमा चन्द्रमाको व्यापक उथलपूथल ! कुन राशिलाई कस्तो असर ?

२०७६ बैशाख ७, शनिबार १०:०० गते २०७६ बैशाख ७, शनिबार १०:०० गते २०७६ बैशाख ७, शनिबार १०:०० गते

अप्रिल २१ को दिउँसो देखि २३ साँझ सम्म नीच राशिमा र अप्रिल २३ देखि अप्रिल २६ बिहान ३:३० सम्म मीन राशिमा चन्द्रको भ्रमण रहनेछ ।

चन्द्र नीच राशिमा प्रवेश गर्दा मानसिक शान्ति हुने र धनु राशिमा प्रवेश गर्दा जीवन साथीका बिचमा झगडा हुन सक्ने सम्भावना रहन्छ। २५ अप्रिलको बिहान १०:१५ बजेदेखि २६ अप्रिल बिहान ३:३० मिनेट सम्म यसको प्रभाव अत्यधिक रहेनछ । यस्तै यस अवस्थामा अनावश्यक दुर्घटना हुने तथा अन्य विभिन्न समस्या देखा पर्न सक्छ। यस समयमा राजनैतिक अराजकता देखिन सक्छ ।

ग्रहचक्रमा चन्दको कारण आइपर्ने उथलपुथलको कारण कुन राशिलाई कस्तो असर ?

मेष

जीवन साथीसंगको सम्बन्धमा तनावको स्थिति सिर्जना हुन सक्नेछ। स्वास्थ्य अनुकुल रहने छ भने खर्चको मात्रामा वृद्धि भएर जानेछ।

वृष

दाम्पत्यजीवनमा खुसियाली छाउने छ। स्वास्थ्य अनुकुल रहनेछ।

मिथुन

मिथुन राशी हुनेहरु २५ तारिखको दिन बिशेष सावधानी अपनाउनु पर्नेछ। ब्यापारमा लाभ हुनेछ। वैवाहिक सम्बन्धमा तनावको स्थिति सिर्जना हुने छ।

कर्कट

वैवाहिक सुखानुभूतिमा कमिको महसुश हुनेछ। भाग्यले साथ दिनेछ । व्यापार व्यवसायको क्षेत्रमा पनि लाभ हुने देखिन्छ।

सिंह

वैवाहिक सम्बन्ध एवम सन्तान सुखक कमि आउने छ। ब्यापारमा लाभ मिल्नेछ।

कन्या

माताको स्वास्थ्यमा बिशेष ख्याल गर्नु पर्नेछ। बैवाहिक सुख मिल्नेछ। सरकारी कार्यबाट लाभ मिल्नेछ।

तुला

दाम्पत्यजीवनमा उतार चढावको स्थिति सिर्जना हुनेछ । ब्यापारमा सावधानी अपनाउनु पर्नेछ। दाजु भाईको सम्बन्धमा निकटताको अनुभूति हुनेछ।

वृश्चिक

दाम्पत्य एवम सन्तान सुख मिल्नेछ ।अनावश्यक धन हानी हुबाट बच्नु पर्नेछ ।

धनु

स्वास्थ्यमा बिशेष सजक हुनु पर्नेछ। भाग्योदयको योग रहेको छ। खर्चको मात्रा बढेर जानेछ। माताको तर्फबाट सुख मिल्ने छ। वैवाहिक सम्बन्ध सामान्य रहने छ।

मकर

वैवाहिक सुख मिल्नेछैन। अनावश्यक खर्च हुनबाट बच्नुपर्ने छ। स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्नेछ।

कुम्भ

दाम्पत्यजीवनमा खुसियाली छाउनेछ। परिवारमा सुख शान्ति मिल्नेछ।

मिन

दाम्पत्य एवम सन्तानको तर्फबाट सुख मिलेछ। व्यापार व्यवसायमा सावधानी अपनाउनु पर्ने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *