एउटा नमुना बिहे ! मगरकी छोरीलाई बिश्वकर्माको छोराले बाजा बजाएर मागी बिवाहा गरे ! (हेर्नुहोस भिडियो सहित)

२०७६ बैशाख ७, शनिबार १०:१५ गते २०७६ बैशाख ७, शनिबार १०:१५ गते २०७६ बैशाख ७, शनिबार १०:१५ गते

माजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन्। कतिपय घटनाहरु अन्तरजातीय बिवाहा गर्दा परिवार र समाजबाट बिस्थापित र विभिन्न बाहनामा छुट्टाइएका उदाहरण छन् ।एउटा यस्तो जोडी २२ बर्षिया बिजय बिश्वकर्मा र बिस बर्षिया प्रमिला मगर एउटै गाउँ निवासी हुन् ।नबलपुर चोरमारा बजारमा स्थायी घर भएका यी जोडी सानै देखिका साथी हुन् ।बालपनको साथी सगै एउटै स्कुलमा पढन थाले पछि उनिहरुको सम्बन्ध प्रेममा परिणत भएको थियोे ।पछि बिवाहा गर्ने निर्णय गरे उनिहरुको प्रेमलाइ दुबै पक्ष परिवारले सहमति गरे पछि मागी बिवाहा भएको छ ।समाज परिबर्तनको यो सकारात्मक संदेशको रूपमा लिएर उनिहरुको बिवाहालाई संमान साथै विभिन्न सामाजिक संजालमा सबैले बधाइ तथा शुभकामना दिएका छन् ।

हिरासतमै किशोरको मृत्यु, रातारात पोस्टमार्टम ! ,,,,,,,,,,

काठमाडौँ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक किशोरको मृत्यु भएको छ। झापाको मेचीनगर– ६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो। प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन्। यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन। मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्‍यो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ। तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन।

प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ। जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ । प्रहरीले किरणका परिवारलाई समेत थाहा नदिई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरेको छ।

पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो । २९ चैतको साँझ ६ बजे किरणलाई बिर्तामोडका केही स्थानीयले मोबाइल चोरीको आरोप लगाउँदै प्रहरीको जिम्मा लगाएका थिए । बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी सुवास खड्काको निर्देशनमा उनलाई हिरासतमा राखियो । चोरी घटना स्विकार्न लगाउन प्रहरीले कुट्दा १ वैशाखको राति हिरासतमै उनको ज्यान गएको हुनसक्ने आफन्तको अनुमान छ।

किरणको मृत्युपछि अप्ठ्यारोमा पर्ने डरले प्रहरीले अभिभावकलाई समेत थाहा नदिई अस्पताल लगेर शव पोस्टमार्टम गरायो। घटनाको भोलिपल्ट २ वैशाख बिहान १० बजे मात्र मृत्युको खबर लिएर प्रहरी किरणका बाबु रमेशलाई खोज्दै मेचीनगर–६ स्थित घर पुगेको थियो। किरणले हिरासतमा आत्महत्या गरेको र शव अस्पताल लगेर पोस्टमार्टमसमेत गरिसकेको प्रहरीले बताएपछि रमेश सशंकित भए। प्रहरीले लुकाउन खोजेको घटना मृतकका परिवारकै कारण सार्वजनिक भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed