दात किराले खाएको पत्तै हुदैन बच्न यसो गर्नुहोस !अपनाउनुहोस यो अचुक उपाए चकित पर्नुहुनेछ।

२०७६ बैशाख ७, शनिबार ११:१९ गते २०७६ बैशाख ७, शनिबार ११:१९ गते २०७६ बैशाख ७, शनिबार ११:१९ गते

दात हाम्रो सरिरको एक मत्वपुर्न अंग हो ! अरु अंग हरु जति महत्वपुर्ण हुन्छ तेतिनै महत्व दात्को पनि हुन्छ ! तेही भएर दात को सुरक्षा गर्न एकदमै जरुरि हुन्छ ! सुन्दर दात भयो भने हाम्रो सौन्दर्य मा पनि हाम्रो देखैदिन्छ ! पाचन प्रणालीमा दाँतको ठूलो भूमिका रहेकाे हुन्छ । राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । धेरै मानिसहरु दाँत किराले खाएर चिन्तित बनेका छन् । मुख कुल्ला नगर्ने तथा दाँत नमाझ्नेहरूको दाँत बढी किराले खाने चिकित्सक बताउँछन् । तर कहिले काही यस्तो सबै कार्य गर्नेको पनी दाँत किराले खाईरहेको पाईन्छ । दाँत सम्बन्धी केही टिप्सहरु तल दिईएको छ जसको कारण दाँत किराले खाँदैन र बलियो चम्किलो बनाउँछ ।

सूर्तिजन्य पदार्थ नखाने : कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने दाँत सही तरिकाले माझ्ने दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने , खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने , फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने ,चकलेट , कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने , गर्भवतीले क्याल्सियमयुक्त खाना खाने

यो पनि पढ्नुहोस ! के तपाइको उमेर नपुगी कपाल फुलेको छ ..? बच्न यसो गर्नुहोस !

सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

किन फुल्छ कपाल ?

धेरैले भनेको सुन्‍ने गरिन्छ- अन्य स्थानमा जाँदा पानी परिर्वतन भएर, हावापानी परिवर्तन भएर कपाल फुलेको हुनुपर्छ। छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा. सन्जुबाबु श्रेष्ठका अनुसार कपालमा धेरै मात्रामा केमिकलको प्रयोग गर्ने, कपालमा विभिन्‍न थरीको रङ लगाउने (हाइलाइट गर्ने) बजारमा पाइने केमिकल युक्त मेहेन्दीको प्रयोगका कारण पनि कपाल फुल्ने हुन्छ।उनी भन्छन्, ‘टाउकोमा हेयर फोलिकल रहेको हुन्छ साथै मेलानोसाइट सेले हुन्छ। छालामा पनि मेलानोसाइट रहेको हुन्छ । यसको मुख्य काम भनेको छाला तथा कपालमा रङ दिने हो। क्पालमा यु मेलानिल र फियो मेलानिल गरी दुई प्रकारको हुन्छ। यू मेलानिलले कपाललाई कालो बनाउछ भने फियो मेलानिलले खैरो वा रातो बनाउँछ। मेलानोसाइटमा ह्रास भएमा वा राम्रो सँग उत्पादन भएन भने कपाल सेतो हुने हुन्छ।’

यस्तै डा. श्रेष्ठ कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै भएको दावी गर्छन्। उनी भन्छन्, ‘बुबा आमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्ने हुन्छ। यस बाहेक रक्तअल्पता, थाइराइड, भिटामिनको कमी, जिङ्कको कमी, विभिन्‍न औषधि सेवन, एन्टी क्यान्सर औषधि, ब्लड क्यान्सर जस्ता समस्या कारण पनि कपाल फुल्ने गर्छ। बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्वको पनि कमी हुन जान्छ। यसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना रहन्छ।’यस्तै क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कपाल फुल्ने गर्छ। त्यसबाहेक प्रदूषणका कारणले पनि चाँडै कपाल फुल्ने गर्छ।

कसरी बच्‍ने ?

यस्तै टाउकोमा दुबी भएमा पनि त्यस स्थानमा कपाल फुल्ने सम्भावना हुन्छ। यी बाहेक कहिलेकाहीँ हार्मोनको परिर्वनका कारण यस्तो समस्या उत्पन्‍न हुन सक्छ। कपाल के कारणले फुलेको यसका लागि सर्वप्रथम उसको पारिवारिक इतिहास हेर्नुपर्छ। किनभने कपाल फुल्ने प्रमुख समस्या नै वंशाणुगत भएको हुँदा परिवारका अन्य सदस्यमा समस्या छ वा छैन यसको जानकारी लिनु जरुरी हुन्छ।यसबाहेक अन्य जाचँका लागि उमेर अनुसार तौल र उचाइ कस्तो रहेको छ त्यस अनुसार पौष्टिक आहारका कारण उसको तौलमा कमी भएको हुन सक्छ। त्यसैगरी शरीरमा आइरनको मात्रा, भिटामीन, फोलीक एसिडको मात्रा, थाइराइड जाँच गरिन्छ। पौष्टिक आहारको कमीका कारण शरीरमा आइरन, जिङ्कको कमी समेत भएको हुन सक्छ।वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन। तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ । पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । साथै खानामा सधैँ हरियो सागपातको प्रयोग गर्नुपर्छ। यसबाहेक क्याल्सियम प्यान्टोथिनेट अर्थात भिटामीन बी फाइभको सेवन गर्नु पर्छ। के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको निर्क्यौल गरी सो अनुसार उपचार गर्नुपर्छ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *