राष्ट्रपति चढ्ने विमानमा ३ दिनको भाडा १ करोड ६५ लाख !

२०७६ बैशाख ९, सोमबार ०८:०५ गते २०७६ बैशाख ९, सोमबार ०८:०५ गते २०७६ बैशाख ९, सोमबार ०८:०५ गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ .निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

तीनदिने चार्टर्ड उडानको लागि लागत एक लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *