भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्ने

२०७६ बैशाख १०, मंगलवार २१:१४ गते २०७६ बैशाख १०, मंगलवार २१:१४ गते २०७६ बैशाख १०, मंगलवार २१:१४ गते

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।खजुरा शुक्र भलिबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३, २५–१३, २०–२५ र २५–२० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुरुषतर्फको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १८–२५, २५–२२, ३१–३३, २५–२१ र १५–११ को संघर्षपूर्ण जित निकाल्दै फाइनल पुगेको हो ।त्यस्तै, महिलातर्फको फाइनलमा एपीएफ र प्रदेश तीनले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५–९, २५–१६ र २५–९ को सेटमा हराउँदा प्रदेश ३ ले पुलिसलाई २५–२३,२५–११ र २५–१८ को सेटमा पराजित गरेको हो ।महिला पुरुष दुबैको फाइनल खेल बुधबार हुदैछ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *