डडेल्धुरामा जन्ती बोकेको जीप दुघर्टना : ९ जना घाइते, ३ को अवस्था गम्भीर

२०७६ बैशाख १०, मंगलवार २१:२० गते २०७६ बैशाख १०, मंगलवार २१:२० गते २०७६ बैशाख १०, मंगलवार २१:२० गते

१० वैशाख, डडेल्धुरा । डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जीप दुघर्टना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जीप बलना भन्ने ठाउँमा मंगलबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीया मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।प्रहरीका अनुसार मोडमा जीप व्याक गर्ने बेला सडकबाट करिब ५० मिटर कच्ची तल खसेको हो । दुघर्टनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याएइएको प्रहरीले जनाएको छ। दुलहा दुहली अर्को गाडीमा सवार थिए ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *