ऋण लागेपछि अपहरणको नाटक

२०७६ बैशाख १०, मंगलवार २१:३० गते २०७६ बैशाख १०, मंगलवार २१:३० गते २०७६ बैशाख १०, मंगलवार २१:३० गते

१० वैशाख, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका ११ मा चिया पसल सञ्चालन गरिरहेका ध्रुवनारायण लाल कर्ण वैशाख ५ गतेदेखि एक्कासी सम्पर्कविहीन भए । उनी हराएको भनी ससुरा महोत्तरी सोनमा गाउँपालिका ५ का ललनप्रसाद कर्णले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदनसमेत दिए ।प्रहरीले खोजी गर्दा उनी वैशाख ८ गते सम्पर्कमा आए । प्रहरीले कार्यालयमा ल्याई सोधपुछ गर्दा उनले आफ्नो अपहरण भएको बताए । विहान पसल खोल्न जाँदा मोटरसाइकलमा आएका २ जनाले आँखा र मुखमा पट्टि बाँधेर अपहरण गरी लगेर चार दिनसम्म खाना पनि खान नदिएको ध्रुवनारायणले प्रहरीसमक्ष बताए ।मलाई किन अपहरण गरी ल्याएको भन्दा अपहरणकारीले केही नबोलेको तर चार दिनपछि गल्ती भयो भनेर जनकपुरको भ्रमरपुराचोक र दुधमतीको बीचमा छाडेर भागेको उनले प्रहरीलाई बताए । ध्रुवनारायणले अपहरण गर्नेलाई पनि चिन्न नसकेको बताएपछि अनुसन्धान गर्दा उनले अपहरणको नाटक गरेको पत्ता लाग्यो ।

प्रहरीले वैशाख ९ गते विहान भने आफ्नो अपहरण नै नभएको प्रहरीसमक्ष खोले । ‘मेरो अपहरण भएको हैन धेरै ऋण भएको कारण मान्छेहरूले पैसाको लागी धेरै टेन्सन दिने गरेकोले के गरौ के गरौ भयो अनि म मेरो दिमागमा नाटक गर्नु पर्‍यो भनेर बिहान ४;०० बजे पसलमा आएर पसलबाट तीन हजार भारु पैसा लिई आफ्नो भेष्ट च्यातेर फालिदिए सटरको साँचो पनि त्यही फालेर बसबाट जटही हुदै जयनगर बिहार गई त्यहाँबाट रेलको टिकट लिई दिल्ली गई त्यहाँ पनि कुनै काम नपाएकोले पुनः रेल बाट जयनगर आएर जटही हुदै जनकपुर आएँ’ उनले प्रहरीसँग वयानमा भने ।पैसा लिएको मान्छेहरुले ताकेता नगरोस भनी यस्तो नाटक गरेको भनी वयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले शान्ति सुरक्षा व्यवस्था खलल पुग्ने गरी कार्य गरेको पाइएकोले ध्रुवनारायणलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *