रिना बस्नेत हत्या प्रकरण : प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास

२०७६ बैशाख ११, बुधबार ०८:१८ गते २०७६ बैशाख ११, बुधबार ०८:१८ गते २०७६ बैशाख ११, बुधबार ०८:१८ गते

मोरङको पथरीमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको छ ।

स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । हाल स्थिति नियन्त्रणमा आइसकेको उनले अनलाइनखबरलाई बताए ।पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।उनको घटनामा संलग्नता छ/छैन भन्नेबारे हालसम्म निर्क्याेल भइसकेको छैन । प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।अनलाइनखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *