सावधान !! पानीपुरी र चटपटे खाँदैहुनुहुन्छ ? यस्तो घातक हुने भएकाले बिक्रि गर्न प्रतिबन्ध

२०७६ बैशाख ११, बुधबार १२:५२ गते २०७६ बैशाख ११, बुधबार १२:५२ गते २०७६ बैशाख ११, बुधबार १२:५२ गते

गलकोट । पछिल्लो समय नेपालमा पेटका साथैं छातिको समस्या भएका मानिसहरुको सख्या बढ्दैं गइरहेको छ । अहिले विशेष गरेर महिलाहरुका बिचमा लोकप्रिय रहेको अमिलो तथा पिरो खाजा पानीपुरी अब बन्देज हुन भएको छ । हो यो सत्य बागलुङ नगरपालिकामा भएको छ । नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक रहेको ठहर गर्दै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको जनाएको छ । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सौन्दर्यता बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

यसको बढ्दो प्रयोगमा स्वास्थयमा गम्भिर खालको असर देखिने चिकित्सहरुको दावी रहेको छ । नगर प्रमुख पौडेलले भने, “हेर्दा सामान्य निर्णय जस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,” उनले व्यापार गर्ने धेरै विकल्प भएको भन्दैं नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैंलाई नभएको बताए । हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्ने स्थानीय बताउछन । चटपटका पसल हटेसँगै बजारको सौंन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ ।

नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा परेका छन । केही पानीपुरी तथा चटपटको व्यवसायी अहिले तरकारी तथा फलफूलको व्यापार शुरु गरेका छन्, भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लामा प्रस्थान गरेका छन । स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपट व्यापारलाई प्रतिबन्ध लगाएसँगै आम नगरवासीले भने यस्तो निर्णयको स्वागत गरेका छन । तपाईलाई जानकारी गराउँ अहिले नेपालमा पानीपुरी ठेलामा बेच्नेहरुमा नेपाली भन्दा भारतीय धेरैं रहेको एक अध्यनले देखाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *