नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई पर्यटकीय स्थल बनाउने र सबैको ध्यान आकर्षित गर्न प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले पनि धेरै योजना बनाई राखेको छ । उहाँले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताउनुभयो । तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ ।
कालीगण्डकी नदी किनारमा पत्थरबाट ठड्याएर उक्त दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबार ५६ फिट चौडा, ११२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताइन्छ । महल जीर्ण भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रु दुई करोड ७२ लाख ३७ हजार २४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो ।रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् । उक्त महल युयानीशैलीमा बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएका छन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिएको छ । नेपालको यस एतिहासिक धरोहरलाई विश्व चर्चित बनाउने हामि सबैको दायित्व हो तेहिभ्येर हामि आफु पनि हेर्न जानुपर्छ र सक्दो यस रानीमहल बारे प्रचार पनि गर्नुपर्छ ।
Views: 0