पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि !

२०७६ बैशाख १३, शुक्रबार २२:२८ गते २०७६ बैशाख १३, शुक्रबार २२:२८ गते २०७६ बैशाख १३, शुक्रबार २२:२८ गते

अमर विककी छोरी अध्येता विक पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । अमेरिकामा पिएचडी गरिरहेका विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल एजुकेसन’ किताब हेरे ।जब उनले छोरीको पाठ्यपुस्तक अध्ययन गरे तब उनलाई छाँगाबाट खसेजस्तै लाग्यो । छोरीले पढ्ने किताबभरि त्रुटि नै त्रुटि फेला प¥यो । त्यसपछि उनलाई लाग्यो, ‘प्राइभेट स्कुलले कसरी विद्यार्थीको शिक्षामा खेलवाड गरिरहेका छन् ?’

त्रिज्योति पब्लिकेसन, काठमाडौंबाट प्रकाशित ‘त्रिज्योति मोरल एजुकेसन’ नामक पाठ्यपुस्तक प्रा.डा. श्रीरामप्रसाद उपाध्याले लेखेका हुन् । उक्त किताब पोखरा क्षेत्रका लागि एम टु एम पुस्तक पसल, क्याम्पस गेटले वितरण गरेको विकले जानकारी दिए ।पेज नम्बर ३ मा रहेको ‘गुड पिपुल’ पाठमा १५ वटाभन्दा बढी त्रुटि छन् । उक्त पाठमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसभामुख ओनसरी घर्ती नामसमेत समेत गलत लेखिएको छ । उक्त किताबका अधिकांश पेजभरि गल्ती नै गल्ती भेटिएको अभिभावकको गुनासो छ ।‘यो किताब पाठ्यक्रम, शिक्षण विधि वा सिकाइसम्बन्धी पटक्कै ज्ञान नभएको तथा अंग्रेजी र लेखाइसम्बन्धी पनि पटक्कै सीप नभएको मानिसले लेखेको हो भनेर ठोकुवा गर्न सकिन्छ,’ अभिभावक विकले भने, ‘एमए, एमएड र पिएडी होल्डर भनेर लेखकको परिचय दिइएको छ । यो कसरी हुन सक्छ ?’ उनले किताभरि नै गलत अर्थ लाग्ने वाक्य प्रयोग भएको दाबी गरे ।

पेज ५ मा रहेको ग्लोसरी (शब्दार्थ) मा पनि गम्भीर त्रुटि भेटिएको विकले बताएका छन् । ‘शब्द एकातिर छ । अर्थ अर्कातिर छ । यसरी त विद्यार्थीले गलत सिक्ने भए नि !’ उनले भने, ‘पोखरामा मात्रै दुई तीन निजी विद्यालयमा यो किताब पढाइ हुन्छ । देशैभरिका विद्यार्थीले गलत शिक्षा लिइरहेका छन् । शिक्षासँग सम्बद्ध निकायले छानबिन गर्न सक्दैन ?’

सोही स्कुलमा बच्चालाई भर्ना गरेका अभिभावक चेतनाथ अधिकारीको पनि उही गुनासो छ । ‘एक दुई गल्ती भए केही हुने थिएन । किताबैभरि गल्ती त गम्भीर कुरा भयो,’ उनले गुनासो गरे । पेजैपिच्छे गल्ती हुनु प्रकाशकको लापरबाही र स्कुलले समेत ध्यान नदिनु विद्यार्थीको भविष्यमाथिको खेलवाड भएको उनी बताउँछन् ।

अभिभावक अमर विकले आफूले किताबमा भएको त्रुटिबारे स्कुल तथा महानगरमा समेत कुरा राखेको बताए । ‘सम्बन्धित निकायलाई सूचित गराएँ । स्कुलले पाठ्यपुस्तक परिवर्तन गर्न वास्ता गरेन । महानगरले पनि हामी केही गर्न सक्दैनौं भन्छ,’ उनले गुनासो गरे ।करुणानिधि एजुकेसन फाउन्डेसनका प्रिन्सिपल डिल्लीराम अधिकारीले उक्त किताब चालु शैक्षिक वर्षमामात्रै गल्ती छापिएर आएको बताए । उनले भने, ‘पहिले पनि यही किताब हुन्थ्यो । पहिले श्यामश्वेत हुँदा गल्ती थिएन । तर रंगीन कलेबरमा आउँदा मिस्टेक भएर आएछ ।’ उनले पाठ्यपुस्तक परिवर्तन गरेर नेपाल सरकारले नै तोकेको किताब पढाइ हुने बताए ।प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले मोरल एजुकेसन सेकेन्डरी पाठ्यपुस्तक भएकाले आफूहरुले ‘सुझाव मात्रै’ दिन सक्ने बताए । ‘प्राइमरी र सेकेन्डरी पाठ्यपुस्तक हुन्छन् । प्याब्सनले प्राइमरी पाठ्यपुस्तकमात्रै विज्ञ राखेर पढाउन सिफारिस गर्छ । नैतिक शिक्षा ऐच्छिक विषय प¥यो,’ उनले भने, ‘यसमा हामीले छलफल गरेर सुझावमात्रै दिन सक्छौं ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed