महानगरलेनै नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा

२०७६ बैशाख १४, शनिबार ०७:१५ गते २०७६ बैशाख १४, शनिबार ०७:१५ गते २०७६ बैशाख १४, शनिबार ०७:१५ गते

काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य अनलाइनखबरले फेला पारेको छ । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा नै फरक-फरक छ ।एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ ।सहमति पत्रको नवौं बुँदामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले मिति ०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छ ।’महानगरपालिकासँग भएको अर्को सहमति पत्रमा ‘छ’ लाई केरेमेट गरेर ‘छैन’ भन्ने थपिएको छ । हातले केरेर ‘छैन’ लेखिएको ठाउँमा हस्ताक्षर पनि छैन ।जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्ससँग भएको सहमति पत्रको फोटोकपीमा भने केरमेट गरिएको छैन । पत्रमा बकाईदा नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने उल्लेख छ ।सरसर्ती हेर्दा महानगरपालिकासँग भएको कागजमा कीर्ते गरेको देखिन्छ ।

कसको छ हस्ताक्षर ?

कीर्ते सम्झौतापत्रका हस्ताक्षरकर्ता ज्ञानेन्द्र कार्की
सहमतिपत्र हेर्दा यो कीर्ते जनप्रतिनिधि आउनुभन्दा पहिला नै कर्मचारीहरूले गरेको देखिन्छ । महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । ठेकेदारको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालको हस्ताक्षर छ ।राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन् । बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन् ।यसैलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन् ।उनले सार्वजनिक स्थानमा बनाएको प्रतिसटर ११ लाख सलामी लिएर बिक्री गरेको त्यहाँका व्यापारीहरूले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अगि्रम भुक्तानी लिएका थिए ।

नानीदेखि लागेको बानी

काठमाडौं महानगरपालिकाले कीर्ते गरेको यो नै पहिलोपटक भने होइन । विश्व सम्पदा सूचीमा रहेको बसन्तपुर दरबार क्षेत्रमा पनि ठीक यसै गरी कीर्ते कागज बनाएर साढे चार तले संरचना बनाउन अनुमति दिएको थियो ।बसन्तपुर क्षेत्रको महर्जन बिजनेश एसोसिएट प्रालिलाई महानगरले यसैगरी साढे ४ तले भवनको अनुमति दिएको थियो । महानगरपालिकामा भएको कागजमा भने चारतले भवनको मात्रै स्वीकृत दिइएको उल्लेख थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed