रोमाञ्चक मोडमा उपाधि होड, लिभरपुल पुनः शीर्षस्थानमा

२०७६ बैशाख १४, शनिबार ०७:५४ गते २०७६ बैशाख १४, शनिबार ०७:५४ गते २०७६ बैशाख १४, शनिबार ०७:५४ गते

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड यो सिजन अति नै रोमाञ्चक मोडहरुसहित अघि बढेको छ । उपाधिका लागि साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबी बलियो छ ।

दुवै टिम एकअर्कालाई पछि पारेर उपाधि हाफ्नो पक्षमा पार्ने ध्यानमा छ । लगातार दुई टिम एकपछि अर्को गर्दै कहिले तल कहिले माथि गरिरहेका छ ।

यहि क्रममा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा शानदार जित निकाल्दै लिभरपुल पुनः शीर्षस्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेशनमा पर्ने पक्का भएको पुछारको टिम हडर्ल्सफिल्ड टाउनलाई ५–० ले हराएको हो ।लिभरपुलका जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई गोल गरे । यस्तै नेबी केइटाले एक गोल गरे ।पहिलो मिनेटमा नै केइटाको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मानेले गोल गर्दै अग्रता दोब्बर पारे । ४५ औँ मिनेटमा सालहले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–० को अग्रता लियो ।दोस्रो हाफमा थप दुई गोल भयो । मानेले ६६ औँ तथा सालहले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ५–० को जित निश्चित गर्दै शीर्षस्थानको यात्रा तय गरेको हो ।जितपछि लिभरपुलको ३६ खेलबाट ९१ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३५ खेलबाट ८९ अंक छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *