नेपालगन्ज : नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ। जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो। कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार यो वर्ष औसत तापक्रम ३५ देखि ३८ को डिग्रीसेल्सियस थियो। उनले भने, ‘यो प्रि–मनसुनको समय हो। असारसम्म अझै तापक्रम बढ्न सक्छ।’ आजकोे बराबरको तापक्रम विगत सात वर्षयता अप्रिल महिनाको ३० तारिखमा ३९ देखि ४२ दशमलव २ डिग्री सेल्सियससम्म थियो। जबकी ३० तारिख आउन अझै ४ दिन बाँकी नै छ। सन् २०१६ को अप्रिलमा सर्वाधिक ४२ दशमलव २ डिग्री सेल्सियस थियो। नेपालगन्जमा शुक्रबार दिउँसो तातो हावा चलेको थियो।

२०७६ बैशाख १४, शनिबार ०७:५८ गते २०७६ बैशाख १४, शनिबार ०७:५८ गते २०७६ बैशाख १४, शनिबार ०७:५८ गते

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥

शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।

माता शत्रुः पिता वैरी येन बालो न पठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ॥

बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन्; किनभने अपठित बालबालिका पछि गएर विद्वत सभामा, हाँसको बथानमा बकुल्ला जस्तो अशोभनीय लाग्छन् ।

विद्या ददाति वनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म तातः सुखम् ॥

विद्याले व्यक्तिलाई विनम्रता प्रदान गर्छ । विन्रमताले मानिसलाई सुयोग्य बनाउछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख-शान्ति प्राप्त हुन्छ ।

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगाः ॥

कार्यसिद्ध गर्न परिश्रम गर्नुपर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफै पसिदिँदैन ।

न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ॥

‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुदैन । परित्रम नगरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।लाइभ माण्डौ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *