मान्छे एकपटक असफल भएपछि, उठ्छ र फेरि सफलताको प्रयास गर्छ । अर्कोपटक पनि असफल भयो भने ? केही पाठ सिक्छ र संयमतापूर्वक यात्रा गर्छ । फेरि असफल भयो भने नि ? कमै मानिसले मात्रै पहिले हिँडेको बाटो पक्रेलान् ।
असफलता नै सफलताको प्रतीक हो भन्ने पढेकाहरुले फेरि पनि प्रयास त गर्लान् नै । तर, लगातार असफल भएपछि मानिसहरु नयाँ विकल्पको, नयाँ पथको खोजीमा लाग्छन् ।
जानेर होस् वा नजानेर, मान्छेले पहिलोचोटि खतरामा हामफाल्न सक्छ । त्यसपछि कमै मानिसहरुमात्रै पुनः त्यही ठाउँमा खतरा मोल्न तम्सन्छन् ।
महोत्तरीको भ्रमरपुराका महेन्द्र मण्डल खत्वे त्यही बाटोमा यात्रा गर्नका लागि पर्खिइरहेका छन्, जुन यात्रामा उनी पटक-पटक-पटक ठोक्किए, लडे, विक्षिप्त भए र धेरैथोक गुमाए । अब उनीसँग गुमाउने नै के बाँकी छ र ?
अर्थात्, महेन्द्र फेरि पनि वैदेशिक रोजगारीकै यात्राको खोजीमा छन्, खाडीको यात्राको । उनी विकल्पविहीन छन् । नत्र यो ४८ वर्षको उमेरमा उनलाई घरमै नाति-नातिना खेलाएर आरामसँग बस्ने रहर छैन होला र ? मान्छेहरु त भन्न सक्छन्, संसारमा विकल्प अनेक छन् ।
****
अहिले महेन्द्र मण्डलको छालाको रङ परिवर्तन भएको छ । खुम्चिएर, घेरा बसेर छालाको आकार पनि परिवर्तन भएको छ । सेता आँखा पहेलिँदै गएका छन् । कालो दाह्री फुलेर सेतै भएका छन्, हिँउ फुलेजसरी ।महेन्द्र त्यतिबेलै साउदी पुगेका थिए, जतिबेला उनको अनुहारमा मुस्किलले केही दाह्री उमि्रएका थिए । जतिबेला उनको उमेर, मात्र २० वर्षको थियो । तर, बिहे भने भैसकेको थियो ।उनी जन्मिएको भ्रमपुरा गाउँमा अहिलेका जस्ता पक्की भवनहरु थिएनन् । प्रायः फुसको र केही इँटाका घर थिए । उनको घर बासमा गोबर-माटोले लिपेर तयार थियो । उनका बा-आमाले अधियाँको अन्न घर हुल्थे र त्यसैबाट मुस्किलले परिवारको गर्जो टार्थे ।अनलाइन खबर
Views: 0