जीवन बीमाको सूचकमै सर्किट, सेलरनै छैन, बाणिज्य बैंक पछि बीमा कम्पनीमा सिफ्ट भए लगानीकर्ता

२०७६ बैशाख १५, आईतवार १४:५५ गते २०७६ बैशाख १५, आईतवार १४:५५ गते २०७६ बैशाख १५, आईतवार १४:५५ गते

आइतबार शेयर बजारमा जीवन बीमाको सूचकमै सर्किट लागेको छ। जीवन बीमा कम्पनीको सूचक ९.६२ प्रतिशतले बढेको छ भने निर्जिवन बीमा कम्पनीको सूचक ६.६७ प्रतिशतले बढेको हो।छ वटा बीमा कम्पनीको अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, नेशनल लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबारमा सर्किट लागेको हो।

बीमा कम्पनीको शेयरमा उछाल आउदा नेप्से सूचक नै २४.२१ अंकले बढेको छ। १.८७ प्रतिशतले नेप्से सूचक बढेर १३१३ अंक पुगेको छ। नेप्से सूचक १३ सय नाघ्दै गर्दा शेयर बजार एक वर्ष अगाडिको भन्दा माथि जाने देखिएको छ। एक वर्ष यताको नेप्से सूचक अधिकतम १३६६ अंकसम्म पुगेको थियो।बाणिज्य बैंकको सूचकमा उछाल आइरहेकोमा आजदेखि बीमा कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन्। विगतमा बाणिज्य बैंकले बजारलाई माथि बढाउन सहयोग गरिरहेका बेला आइतबार बीमा कम्पनीहरुले सघाएका छन्।

बीमा कम्पनीको बजार अझै बढ्ने आंकलनले शेयर बिक्री गर्नेनै छैनन्। बीमा कम्पनीको मूल्य बढ्दै गर्दा बाणिज्य बैंकको भने कारोबार रकम ह्वात्तै बढिरहेको छ। लगानीकर्ताहरुले बाणिज्य बैंकको शेयर बेचेर बीमा कम्पनीको शेयर किन्न सुरु गरेका छन्।केही दिन अगाडि देखिनै लगानीकर्ताहरु बाणिज्य बैंकबाट बीमा कम्पनीमा सिफ्ट भए पनि शेयर सप्लाइ नहुँदा कारोबार रकम भने बढ्न सकेको छैन। बाणिज्य बैंकको नाफा बुक गर्न खोज्दा मूल्य बढ्न सकेको छैन। यही अवस्थामा बीमा कम्पनीको मूल्य बढ्ने र नाफा आर्जन गर्ने मानसिकता हावी हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *