देश चलाउनेहरु मौन बसे पनि युवाहरु मौन बस्नु हुँदैन, एनसेल कार्यालयमा ताला लगाउनु पर्छ’

२०७६ बैशाख १६, सोमबार ०८:३५ गते २०७६ बैशाख १६, सोमबार ०८:३५ गते २०७६ बैशाख १६, सोमबार ०८:३५ गते

काठमाडाैं । चर्चित अभिनेत्री तथा चलचित्र निर्माता रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन्।आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन्। थापाले भनिन्, ‘देश चलाउनेहरु मौन छन् तर युवाहरु मौन बस्नु हुँदैन । एनसेलबाट कर असुल हामीले गर्नुपर्छ ।’पछिल्लो समय सामाजिक अभियन्त समेत बनेकी भिनेत्री थापाले एनसेलबाट ४० अर्ब रकम असुली गर्नका लागि एजसेलकाे कार्यालयमा ताला लागनु पर्ने समेत बताइन् । थापाले भनिन्, ‘एनसेलले देशभित्र लुट मच्चाइरहेको छ । राज्यलाई लाभांस कर नतिरेर अटेरी गरिरहेको छ, एनसेलबाट कर असुल गर्न अब त्यसको कार्यालयमा ताला लगाउनु पर्दछ ।’एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ। सरकारले कर असुली गर्न नसके नागरिक सडकबाट जाग्नु पर्ने थापाको तर्क थियो ।कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे। उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरूले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको पनि स्पष्ट पारे।एनसेलले हाल करिव ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *