छाउ बार्न बाध्य पार्नेलाई सरकारी सेवा सुबिधाबाट बञ्चित गर्ने चेतावनी

२०७६ बैशाख १६, सोमबार १८:२४ गते २०७६ बैशाख १६, सोमबार १८:२४ गते २०७६ बैशाख १६, सोमबार १८:२४ गते

१६ वैशाख, धनगढी । सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिएका छन् ।धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कानूनमन्त्री शाहले नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर नभएको तर हाम्रा व्यवहारले समाजलाई विभेदकारी बनाएको बताए ।उनले भने -घर समाजमा कोही कसैले छोरी, बुहारी वा आफन्तलाई महिनावारी बार्न बाध्य पार्छ, जातीय छुवाछुत गर्छ, बोक्सी आरोप लगाउँछ भने त्यसलाई सरकारले दिने सामाजिक सेवा सुविधाबाट बञ्चित गरिनेछ ।

नेपालमा छाउपडी विरुद्धको कानून, जातिय भेदभावविरुद्धको कानून निर्माण भइसक्दासमेत सुदूरपश्चिम छाउपडी प्रदेश भनेर चिनिन थालिएको अवस्थामा प्रदेश सरकारले सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै कानून पालन गर्न र गराउनतर्फ लाग्नुपर्ने बताए ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव किशोरकुमार चौधरीले आजको एक्काइशौं शताब्दीमा पनि नेपालमा धेरै खालका कुसंस्कारहरु विद्यमान रहेको भन्दै त्यसका विरुद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु पर्ने बताए ।इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले नीति निर्माणमा बसेका र जिम्मेबार व्यक्तिहरु पनि कुरीतिप्रति अन्योल रहेको भन्दै अबको पत्रकारिता खोज र अनुसन्धानमूलक हुन आवश्यक रहेको बताए ।

पत्रकार दिलबहादुर छत्यालले नेपालको पत्रकारिता घटना विशेषमै सिमित हुने गरेको बताए । प्रदेश सरकारले परिवर्तनमूलक लेखाइको लागि प्रदेशको सञ्चार नीति प्रभावकारी बनाउन आग्रह गरे ।कार्यक्रममा पत्रकार लोग्शरी कुँवरले कुरीतिजन्य हिंसा अन्त्यका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै घटना भइसकेपछि मात्रै समाचार लेख्नुभन्दा कुरीति प्रवर्द्धन नगर्ने खालका समाचार संकलनमा जोड दिइन् ।कार्यक्रम सिर्जनशील पाइलाको संयोजन, आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा इन्सेक प्रदेश कार्यालय, दलित महिला अधिकार मञ्च, कमैया प्रथा उन्मुलन समाज, एडजस नेपाल र चेन्ज एक्सन नेपालले सहकार्य गरेका थिए ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ४० जना पत्रकार महिलाहरुको उपस्थिती रहेको छ ।अनलाइन खबरबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *