‘ओभर टाइम’ काम गर्दा इन्डोनेसियामा २७२ को मृत्यु

२०७६ बैशाख १६, सोमबार २१:४९ गते २०७६ बैशाख १६, सोमबार २१:४९ गते २०७६ बैशाख १६, सोमबार २१:४९ गते

दक्षिण पूर्वी देश इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको बीबीसीले जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले भनेका छन्– लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २७२ जनाको मृत्यु भयो ।उनका अनुसार, ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए । उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए ।इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए । यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो । तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन ।

निर्वाचन आयोगका प्रवक्ता भन्छन्– त्यसै कारण २७२ जना ओभर टाइमको बिरामीले मरे । यो निकै दुःखद् घटना हो । यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन ।निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ ।निर्वाचन परिणामपछि सुरुमा जोको विडोडो र विपक्षी नेता प्राबाओ सुबियान्तोले आ–आफ्नो जित भएको दाबी गरेका थिए । तर, निर्वाचन आयोगले जोको विडोडो नै राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *