गतिहीन र भद्रगोल छन् स्वास्थ्यका परिषद्

२०७६ बैशाख १७, मंगलवार ०७:०९ गते २०७६ बैशाख १७, मंगलवार ०७:०९ गते २०७६ बैशाख १७, मंगलवार ०७:०९ गते

काठमाडौं । सरकार मातहत रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अधिकांश परिषद् गतिहीन र भद्रगोल बन्न पुगेका छन् । ती निकायले प्रभावकारी रूपमा काम गर्न नसक्दा स्वास्थ्य क्षेत्र सुधार गर्ने सरकारी लक्ष्यमा नै गम्भीर प्रश्न सिर्जना भएको छ ।नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल नर्सिङ परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पदाधिकारी, सदस्य र कर्मचारीको चरम अभाव छ । जसका कारण ती परिषद्ले महŒवपूर्ण काम गर्न सकेका छैनन् ।

लामो समयदेखि पदाधिकारीसहित सदस्य रिक्त हुँदा नीतिगत निर्णयमा समेत कठिनाइ देखिएको छ । प्रभावकारी ढंगले ती परिषद् अघि बढ्न नसक्दा त्यसको प्रत्यक्ष असर विद्यार्थी तथा आमस्वास्थ्य व्यवसायीमा परेको छ ।नेपाल फार्मेसी परिषद्मा विगत ६ महिनादेखि रजिस्ट्रार नियुक्त हुन सकेको छैन । यसले परिषद्का काम ठप्पझैं छन् । रजिस्ट्रार नहुँदा काउन्सिलको परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम दर्ता किताबमा चढ्न सकेको छैन । साथै विद्यार्थीले रजिस्ट्रेसन प्रमाणपत्र पनि पाउन सकेका छैनन् ।

परिषद्का रजिस्ट्रार पानबहादुर क्षेत्रीले राजीनामा दिएपछि अहिलेसम्म सो पद रिक्त छ । नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार परिषद्का अध्यक्ष केशवध्वज जोशीले परिषद्को बैठक नै बसालेका छैनन् । विभागका महानिर्देशक ढकालले भने, ‘म आफैं परिषद्को सदस्य छु । तर, मलाई बोलाउनुभएको छैन ।’
परिषद् नौ सदस्यीय रहने व्यवस्था छ । हाल एक रजिस्ट्रारसहित दुई सदस्य पद अझैसम्म पनि पूर्ति हुन सकेको छैन ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अवस्था पनि उस्तै छ । परिषद्बाट १ लाख १० हजार जनाले लाइसेन्स लिएका छन् । १३ सदस्यमध्ये परिषद्मा सात सदस्यीय पदपूर्ति हुन सकेको छैन । पारामेडिकल एसोसिएसनको सिफारिसमा सरकारले मनोनयन गर्नुपर्ने तीनजना सदस्य र निर्वाचनबाट आउनुपर्ने चार सदस्य रिक्त छ । परिषद्ले बहुमत नै नपु¥याएर गैरकानुनी ढंगले कलेजको अनुगमन गरिरहेको सरोकारवाला बताउँछन् ।

फार्मेसी परिषद् रजिस्ट्रारविहीन
स्वास्थ्य व्यवसायी परिषद्मा सात सदस्य रिक्त
नर्सिङ परिषद्मा तीन सदस्य खाली
स्वास्थ्य अनुसन्धान परिषद् सदस्य सचिवविहीन

परिषद्ले पूर्णता पाउन नसक्दा कलेजको अनुगमन प्रभावकारी बन्न सकेको छैन । परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीका अनुसार सदस्यको पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको छ ।उनले भने, ‘परिषद्मा विभिन्न विषयगत समिति छन् । त्यसको संयोजक परिषद् सदस्य रहने व्यवस्था छ । तर, पूर्ति नहुँदा समस्या भएको छ ।’नेपाल नर्र्सिङ परिषद्मा पनि तीन सदस्य रिक्त छ । जसका कारण निर्णय प्रक्रियामा अप्ठ्यारो हुने गरेको परिषद् अध्यक्ष गोमादेवी निरौलाले बताइन् । उनले कोरम नपुग्दा निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताइन् ।
परिषद्मा एक अध्यक्ष, एक उपाध्यक्ष, एक रजिस्ट्रार र १३ सदस्य रहने प्रावधान छ । नर्सिङ परिषद्बाट ८५ हजार बढीले नर्सिङको लाइसेन्स लिएका छन् ।यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पनि विगत दुई वर्षदेखि सदस्य सचिव पद रिक्त छ । परिषद्का कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले हाजिरी हुन पाऊँ भन्दै सदस्य सचिवको मुद्दा सर्वोच्च अदालतमा रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले परिषद्लाई पूर्णता दिन आफूहरू दृढताका साथ लागिपरेको बताए । उनले भने, ‘सम्बन्धित परिषद्ले पनि काम गर्न अप्ठ्यारो भयो भनेर हामीलाई जानकारी गराएका छैनन् । तर पनि हामी जति सक्यो छिटो पूर्णता दिने तयारीमा छौं ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *