नेपालजस्तो सुन्दर देश भ्रमण गर्नु अहोभाग्य : चिनियाँ राष्ट्रपति

२०७६ बैशाख १७, मंगलवार ०७:१९ गते २०७६ बैशाख १७, मंगलवार ०७:१९ गते २०७६ बैशाख १७, मंगलवार ०७:१९ गते

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालजस्तो सुन्दर देशको भ्रमण गर्नु अहोभाग्य हुने बताएका छन्।चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको निम्तोलाई स्वीकार गर्दै सीले यस्तो बताएका हुन्।सोबार बेइजिङमा दुई राष्ट्रपतिबीच भएको दुईपक्षीय भेटवार्तामा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।जवाफमा चिनियाँ राष्ट्रपति सीले भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु ठूलो महत्त्वको विषय भएको बताएका थिए।बेइजिङस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

लामो समयदेखि नेपालमा चीनबाट उच्च स्तरीय भ्रमण हुन सकेका छैनन्।सन् १९९६ को डिसेम्बरमा चीनका राष्ट्रपति जियाङ जेमिनले दुईदिने नेपाल भ्रमण गरेका थिए।त्यसको २३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको छैन।आफ्नो दुई कार्यकालमा पनि राष्ट्रपति हु जिन्ताओ नेपाल आएनन्।उनकै कार्यकालमा प्रधानमन्त्री रहेका वेन जियावाआ २०१२ जनवरीमा नेपाल ओर्लिएका थिए तर केवल पाँच घन्टाका लागि मात्र।दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका सी दक्षिण एसियाका अरु देशमा भ्रणमा गए पनि नेपालमा भने अहिलेसम्म आएका छैनन्।२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि चीनको भ्रमणमा गएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो राष्ट्रपति सीलाई हस्तान्तरण गरेका थिए।ओलीको भ्रमण र निम्तोपछि सी नेपाल भ्रमणमा आउने ठानिएको थियो।ब्रिक्सको ८औं सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा सीले नेपाल र बंगलादेशको भ्रमण गर्नेगरी कार्यतालिका नै बनाइएको बताइएको थियो।तर, नेपालमा सत्तागठबन्धनमा आएको परिवर्तनले ओली सरकारबाट बाहिरिएपछि सीको नेपाल भ्रमण टरेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *