रुपेन्देही । गत जेठ ३० गते बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा डोजर लगाएर घर भत्काएपछि १६ परिवार बिचल्लीमा परेका छन् । आधुनिक कवर्ड हल मनाउने भन्दै उपमहानगरपालिकाले घर भत्काएको हो । वैकल्पिक बसोबासको माग गर्दै उनीहरु अनसन बसेका छन् ।बुटवल उपमहानगरपालिका वडा नम्बर एकका १६ परिवार वैकल्पिक बासको व्यवस्था गर्न माग गर्दै ९ दिनदेखि अनसनमा छन् । तर, समस्या समाधान गर्न स्थानीय सरकारले चासो नदिएको उनीहरुको आरोप छ ।
१६ परिवार बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा भन्दा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका थिए । बुटवल उपमहानगरपालिकाले घर टहरा खाली गर्न ३५ दिने सूचना समेत निकालेको थियो । उपमहानगरपालिकाले आफ्नो घरमा डोजर चलाउँदा घर विहीन बन्नुपरेको पीडितहरुले बताएका छन् ।सो क्षेत्रमा तत्कालिन राणा शासकहरुले घोडा बाँध्ने गरेको इतिहास छ ।
सो क्षेत्रमा बनेका टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु तथा मधेसी समुदायका विपन्नहरु बस्दै आएका थिए । प्रदेशसभाको बैठकमा समेत यो विषयले प्रवेश पायो ।
प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिले सो क्षेत्रको अनुगमन ग¥यो ।बुटवल उपमहानगरपालिकाले सो जग्गा सार्वजनिक भएकाले खाली गराएको बताएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको कवर्ड हलमा तीन वटा खेलहरु सञ्चालन गरिने छ । ब्याडमिन्टन, टेबूलटेनिस र तेक्वान्दोको राष्ट्रिय प्रतिष्पर्धा र प्रशिक्षणसमेत गराउने स्थानीय सरकारको तयारी छ ।
Views: 0