घरमा आगो लगाउने बडाल पक्राउ, श्रीमती जलेर खरानी

२०७६ असार ८, आईतवार २२:०२ गते २०७६ असार ८, आईतवार २२:०२ गते २०७६ असार ८, आईतवार २२:०२ गते

दार्चुला : नौगाढ गाउँपालिका २ भैसेमेलाका आफ्नै घरमा आगो लगाउने शेरसिह बडाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार मध्यरातमा घरमा आगो लगाई छिमेकीको घरमा सुतेको अवस्थामा बडाललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको स्थानीय नरेन्द्रसिह ठगुन्नाले जानकारी दिएका छन्।

मदिराले लठ्ठ भएका बडालले घरपरिवारमा झगडा गरेको र घरमा आगो लगाई घर छोडेको उनका बाबु बहादुर सिह बडालले बताए। घरमा आगो लगाएर छोरो भागेपछि छिमेकी गुहार्न आफू गाउँ गएको बताउने बडालले घरमा रहेकी बुहारीको घरबाट समान निकाल्ने क्रममा जलेर मृत्यु भएको बताउँछन्।

आगलागी भएको थाहा पाउने बित्तिकै दल्लेक प्रहरी चौकीबाट प्रहरीको टोली राति २ बजे नै घटना स्थलमा पुगेको भए पनि घर बस्तीबाट टाढा रहेको, घरको पहिलो तल्लामा खर र परालमा आगो लगाइएकाले बिहान मात्रै आगो नियन्त्रण गर्न सकिएको प्रहरीको भनाई छ।

बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा लिन सकिएको र त्यतिबेला बडालकि श्रीमती बिमला बडालको जलेको अवस्थामा शरीरको केही भागमा मात्रै फेला परेको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिएका छन्। बडालका २ छोरा र १ छोरी छन्।

जलेर केही भाग मात्रै बाँकी रहेको बिमलाको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र आगो लगाउने शेरसिह बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिए। थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed