माछापालनमा नगरप्रमुख

२०७६ असार १०, मंगलवार १२:५८ गते २०७६ असार १०, मंगलवार १२:५८ गते २०७६ असार १०, मंगलवार १२:५८ गते

अधिकांश राजनीतिककर्मी पेसा व्यवसाय गर्दैनन् । नियमित आम्दानीको स्रोत कमै राजनीतिकर्मीको हुन्छ । तर, पनि प्रायः राजनीतिकर्मीले बिलासी जीवनशैली बिताइरहेका हुन्छन् । राजनीतिसँगै पेसा व्यवसाय गर्ने एक पात्र हुन् झापा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी । शिवाकोटीले स्थानीय तहको निर्वाचन अघि नै माछापालन व्यवसाय सुरु गरेका थिए । उनले माछापालनमा अहिलेसम्म २२ करोड रूपैयाँ लगानी गरिसकेका छन् । पोखरी खनेर माछा हाल्ने अवस्थासम्म पु¥याउन मात्र चार करोड रूपैयाँ लगानी गर्नुपरेको उनले बताए ।विगत १० वर्षदेखि बाँझो रहेको १६ विगाह क्षेत्रफलमा शिवाकोटीले माछापालनसँगै पार्क सञ्चालनमा ल्याएका हुन् । ‘हेभन वाटर पार्क’ नामकरण गरिएको यस क्षेत्रमा ११ वटा माछा पोखरी छन् । ती पोखरी १३ विगा क्षेत्रफलमा फैलिएका छन् ।

जहाँ शिवाकोटीले पंगाइसिस जातको माछापालन गर्दै आएका छन् । सुरुमा १ विगाह १७ कट्ठामा माछा लगाएका शिवाकोेटीले उत्पादन राम्रो भएपछि क्षेत्रफल बढाएको बताए । बाँकी जमिनमा फनपार्क निर्माण गरिएको छ । स्थानीय तहको टिकट पाएसँगै नगरप्रमुखमा निर्वाचित बनेका शिवाकोटीले राजनीति र व्यवसाय एकसाथ अघि बढाएका छन् । “राजनीतिकर्मी वा जनप्रतिनिधिले राजनीतिको अलाव अन्य पेसा व्यवसाय गर्न भ्याइँदैन भन्ने हुँदैन,” शिवाकोटीले भने, “व्यवसायको नाममा मैले नागरिकलाई दिनुपर्ने सेवा सुविधामा कम गरेको छैन, नगरबासीको सेवा गरेर बाँकी रहेको समयमा व्यवसाय हेर्ने गर्छु, व्यवसायमा सफलता प्राप्त गर्नुमा श्रीमती विद्या शिवाकोटीको मुख्य हात छ ।” श्रीमतीकै सल्लाह अनुसार माछापालन सुरु गरेको शिवाकोेटी बताउँछन् । उनलाई व्यवसायमा छोरा नेपालरत्न शिवाकोटी र बुहारी पूजा शर्माको सहयोग छ ।
सुरुवाती चरणमा मुस्किलले प्रतिदिन २० किलो बिक्री हुने माछा अहिले बजारको मागलाई धान्न नसकेको प्रमुख शिवाकोटीले बताए । उत्पादित माछा प्रदेश –१ को इटहरी, धनकुटा, इलाम र झापाका विभिन्न बजारमा खपत हुने गरेको छ । उपभोगताको मागको २५ प्रतिशत मात्र धान्न सकेको उनी सुनाउँछन् । दाना खरिदमा भने समस्या रहेको शिवाकोटीले बताए । महिनामा ७० लाख रूपैयाँको दाना विदेशबाट आयात गर्नु परेकाले समस्या रहेको उनको भनाइ छ । माछालाई विश्वकै आइएसओ प्राप्त अग्र्यानिक दाना प्रयोग गर्दै आएका छन् । उक्त दाना भारतको आन्ध्र प्रदेशमा रहेको ग्लोबल कम्पनीले उत्पादन गर्दै आएको छ ।
हेवन वाटर पार्कमा स्वास्थ्यवद्र्धक ओमेगा थ्री प्राप्त माछा उत्पादन गरिन्छ ।

माछामा पाइने ओमेगा–३ ले छाला र कपाललाई फाइदा गर्ने, ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम कम गर्नेलगायत विभिन्न रोगबाट बचाउने जानकारहरू बताउँछन् । भियतनामबाट कोलकाता हुँदै माछा नेपाल ल्याइएको शिवाकोटीले बताए । पोखरीमा ८ प्रकारका माछा उत्पादन हुँदै आएको छ । पोखरीमा भुरा छाडेको चार महिनापछि माछा निकालेर बिक्री गरिन्छ । एउटा माछाको तौल ४ सयदेखि ६ सय ग्रामसम्म हुन्छ ।पार्कसँगै शिवाकोटीले यसै क्षेत्रमा होटलसमेत सञ्चालनमा ल्याएका छन् । होटलमा माछाको ५२ प्रकारका परिकार बनाईदै आएको श्रीमती विद्याले बताइन् । पार्कबाटै दैनिक आठ सयदेखि हजार किलो माछा बिक्री हुँदै आएको उनले बताइन् । उत्पादित माछा गाडीमा हालेर उपभोक्ताका घर–घरमै पु¥याइन्छ । प्रत्येक दिन एकहजार केजी जिउँदो माछा ‘होम डेलीभरी’ सेवा मार्फत् बिक्री हुने गरेको विद्याको भनाइ छ । माछा प्रतिकिलो तीन सय रूपैयाँमा बिक्री हुँदै आएको छ ।तीन विगाह क्षेत्रफलमा फैलिएको फनपार्कमा समेत मानिसको घुँइचो लाग्ने गरेको छ । पारिवारिक भ्रमण, जन्मदिन, शुभकामना आदानप्रदान र बिदा मनाउने गन्तव्यको रूपमा स्थानीयले हेवन फनपार्कलाई रोज्ने गरेका छन् । फनपार्कमा राखिएको मानव निर्मित ‘डाइनोसर’ आकर्षणको रूपमा रहेको छ । पछिल्लोे समय झापाको बिर्तामोड बजार पूर्वको व्यस्त बजार बन्दै गएको छ ।

“बिर्तामोडलगायत झापाका अन्य बजारमा भिडभाड बढ्दो छ,” शिवाकोटीले भने, “बिदाकोे दिन केही समय भए पनि शान्त वातावरणमा बस्ने व्यवस्था हेवन वाटर पार्कले मिलाइदिएको छ ।” जमिन बिक्री गरेर बैंकमा पैसा राख्नु भन्दा यस प्रकारको फरक व्यवसाय सञ्चालन गर्न सके जीवन्त आफ्नो नाम रहने शिवाकोटी बताउँछन् । हेवन पार्कमा शिवाकोटीले ६० जनालाई रोजगारीसमेत दिएका छन् ।मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान प्रत्येक राजनीतिकर्मी व्यावसायिक र सामाजिक बन्नुपर्ने उनी बताउँछन् । त्यसलाई व्यावहारिक प्रयोग राजनीति गर्ने व्यक्तिबाटै गर्न जरुरी रहेकाले व्यवसायलाई निरन्तरता दिएको उनी सुनाउँछन् । प्रमुख शिवाकोटीले सरकारबाट प्राप्त तलबको २५ प्रतिशत रकमले साङ्गावेद संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीको खानामा खर्च गर्ने गरेका छन् । तलवको बाँकी रकम पनि सामाजिक कार्यमा खर्च गर्दै आएको शिवाकोटीले बताए । आफू व्यवसायी भएकाले तलबलाई सामाजिक कार्यमा प्रयोग गर्न सहयोग मिलेको उनको भनाइ छ ।कारोबार डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed