उदयपुरमा बाँदर आतंकपछि अदुवा खेती बन्यो व्यावसायिक

२०७६ असार १०, मंगलवार १३:०३ गते २०७६ असार १०, मंगलवार १३:०३ गते २०७६ असार १०, मंगलवार १३:०३ गते

उदयपुरको कटारी नगरपालिका–११ गोठडाडाका किसानले बाँदर आंतकबाट दिक्क भएपछि सुरु गरेको अदुवा खेती अहिले व्यावसायिक बनेको छ । अन्य बाली बाँदरबाट जोगाउन नसक्दा विगत ७ वर्षअघि गोठडाँडाका किसानले अदुवा खेती सुरु गरेका थिए । त्यसयता बाँदरका कारणले सुरु गरेको अदुवा खेती नै यहाँका किसानको आम्दानीको मुख्य स्रोत बन्दै आएको छ । गोठडाँडा र आसपासका किसानले बाँदर आंतक झेल्न नसक्दा ७ वर्ष यता कोदो, मकै र धानको विकल्पमा अदुवा खेती गरेका हुन् । कोदो, मकै, धान र आलु खेती बाँदरबाट जोगाउन समस्या भएपछि किसानले विकल्पको रूपमा अदुवा खेती रोजेका थिए । सुरु सुरुमा अन्य खेती जोगाउन नसक्दा अदुवा खेती गरिएकोमा अहिले गोठडाँडामा अदुवा व्यावसायिक खेती बनेको किसान बताउँछन् ।

सुरुमा स्थानीयस्तरमै खरिद बिक्री हुने अदुवा क्रमशः बाहिर निर्यात हुन थालेपछि किसान व्यावसायिक बन्दै गएको स्थानीय बताउँछन् । परम्परागत तरीकाले नै धान, मकै, कोदो, फापर, जुनेलो, आलु खेती गर्दै आएका किसान पछिल्लो समयमा बाँदरबाट जोगाउन नसक्दा समस्यामा थिए ।
तर बाँदरले नखाने भन्दै अदुवा लगाएको स्थानीय अगुवा किसान मीनबहादुर बस्नेतले बताए । “शुरुमा बाँदरबाट जोगिने भएपछि अदुवा खेती गरियो,” अगुवा किसान बस्नेतले भने, “विस्तारै त्यही अदुवा नै किसानको व्यावसायिक खेती बन्यो ।”

अहिले किसानले अन्य बाली छाडेर अदुवा मात्रै खेती गर्ने गरेको उनले बताए । यो वर्ष अहिलेसम्म गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट मात्रै १ हजार टन अदुवा निकासी भएको छ । हजार टनको स्थानीयस्तरमा १० करोड रूपैयाँ हुने अगुवा किसान बस्नेतले बताए । किसानले तयारी अदुवाबारीबाटै प्रतिकिलोग्राम ८० रूपैयाँका दरले बिक्रि गरिरहेका छन् । बस्नेत त्यस क्षेत्रको अदुवा संकलन गरेर कटारीका व्यापारीलाई बिक्री गर्ने गर्छन् ।“गहुँबारी, गोठडाँडा र तीगाउँसँग जोडिएका गाउँबाट मात्रै ८ करोडको अदुवा निकासी गरिएको छ,” अगुवा किसान बस्नेतले भने, “वेतनी, कोलबोट, मंयखु, लेखानी क्षेत्रबाट पनि अदुवा निर्यात भएको छ ।” गहुँवारी, गोठडाँडा र आसपासको क्षेत्र जस्तै यी स्थानमा पनि अदुवा खेती राम्रो हुने उनले बताए ।

किसानले शुरुमा बाँदरबाट हैरान भएपछि अन्य खेती छाडेर अदुवा खेती गरेको गोठडाँडाका स्थानीयवासिन्दा समेत रहेका कटारी नगरपालिका— ११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताए । “अहिले पनि अन्य खेती गर्न सकिँदैन,” उनले भने, “सुन्तलासमेत बाँदरले खान थालेपछि समस्या छ ।” तर अदुवा खेती बाँदरले नछुने भएकाले पछिल्लो समय किसानले व्यावसायिक रूपमा खेती गर्न थालेको उनले बताए ।
“अदुवा बिक्री गरेर यस क्षेत्रबाट न्यूनतम पनि २ लाख रूपैयाँ सामान्य किसानले आम्दानी गरेका छन्,” वडाध्यक्ष बुढाथोकीले भने, “त्यसैले पनि पछिल्लो समय अदुवा खेतीमा किसान आर्कषित हुने गरेका छन् ।” श्रम र लगानी न्यून तर आम्दानी धेरै हुने भएकाले किसानको आकर्षण यसतर्फ बढेको उनले बताए ।
“व्यावसायिक खेती गरेपछि पछिल्लो दुई वर्ष अदुवाले राम्रो मूल्य पाएन,” किसान नरबहादुर राउतले भने, “तर पछिल्लो समयमा अदुवा बिक्रीबाट राम्रो आम्दानी गरियो ।” किसानले २०७० सालदेख त्यस क्षेत्रमा व्यावसायिक अदुवा खेती गर्दै आएको उनले जानकारी दिए ।
अदुवा बिक्रीबाटै किसान नरबहादुरले कटारी बजारमा दुई तले पक्कि घर बनाएका छन् । त्यसैगरी सदरमुकाम गाईघाट बजारमा समेत १५ लाख रूपैयाँको घडेरी किनेका छन् । अदुवाको व्यावसायिक खेती बढेसँगै त्यस क्षेत्रमा जग्गाको मूल्यसमेत बढेको छ । परम्परागत बाली लगाउँदा प्रतिरोपनी २० हजार रूपैयाँमा पाइने जग्गाको मूल्य अदुवा खेती सुरु भएपछि प्रतिरोनी ५÷७ लाख रूपैयाँमा बिक्री हुन थालेको स्थानीयको भनाइ छ ।कटारी क्षेत्रको अदुवा भारतको नक्सलबारी हुँदै भारतमा निर्यात गर्ने गरेको व्यवसायी विलटेश्वर साहले बताए । उनका अनुसार कटारी क्षेत्रमा उत्पादित अदुवा काठमाडौं, पोखरा र स्थानीयबजारमा समेत बिक्री हुने गर्दछ ।कारोबार डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *