वाग्मती सफा गर्न वर्षादको पानी जमाउन सुरु

२०७५ भाद्र ४, सोमबार ०८:११ गते २०७५ भाद्र ४, सोमबार ०८:११ गते २०७५ भाद्र ४, सोमबार ०८:११ गते

वाग्मती सफा गर्न वर्षादको पानी जमाउन सुरुकाठमाडौँ– हिउँदका समयमा प्राय प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षादको पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वाग्मतीको ९० प्रतिशत पानी खाने पानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढलमात्र बग्ने गरेको छ । उपत्यकाको सभ्यताको स्रोतको रुपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको हो ।

उपत्यकामा धेरै घर बनेकाले जमीनबाट वाग्मतीमा पानी पुनःभरण हुँदैन । ‘जापान वाटर एजेन्सी’ लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा दह निर्माण गर्नसके वर्षादमा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिइएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सिँचाइ एकाइ प्रमुख आशिषभद्र खनाल बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रुख काट्ने अनुमति लिन समय लागेकाले २०७४ वैशाखदेखि मात्र काम शुरु भएको थियो ।

दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेण्ड पानी वाग्मती नदीमा बगाउन सकिने उनको भनाइ छ । प्रदूषित बन्दै गएको उक्त नदीमा । महाशिवरात्रीलगायत अन्य महतवपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्म ७०० लिटरसम्म पानी बगाउन सकिने जनाइएको छ ।

एसियाली विकास बैंकको रु ५१ करोड ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिने छ । दहको ठेक्का गोञ्जाओ ÷लामा ÷रमण जेभी निर्माण कम्पनीले लिएको छ । दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुङ्गा र बालुवा भर्ने काम भइरहेको छ ।

वाग्मतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । नागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन मन्त्रालयमा निवेदन पेश गरिसकिएको छ । आउँदो वैशाखसम्ममा दह निर्माण गरिने जनाइएको छ ।
source:ratopati

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *