‘आप्पा’ले पायो भारतका ४५ थिएटरमा ९० ‘शो’

२०७६ असार १६, सोमबार १२:०९ गते २०७६ असार १६, सोमबार १२:०९ गते २०७६ असार १६, सोमबार १२:०९ गते

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ भारतका विभिन्न सहरमा करिब चार दर्जन थिएटरमा रिलिज हुने भएको छ । गत शुक्रबार नेपालसँगै भारतमा पनि रिलिज हुने भनिएको चलचित्र उच्च माग भएको तर प्रचारका लागि समय अभाव भएका कारण प्रदर्शन मिति पछि सारिएको थियो । निर्देशक अनमोल गुरुङका अनुसार ‘आप्पा’ अब यही शुक्रबार रिलिज हुनेछ ।

चलचित्रका मुख्य कलाकार दयाहाङ राईलाई गोहाटी लिएर गएका निर्देशक गुरुङ दयाहाङको क्रेज देखेर आफू छक्क परेको बताउँछन् । गोहाटी आसाममा दुई–दुईवटा ‘शो’ पाएको ‘आप्पा’लाई दयाहाङलाई हेर्न हलसम्म आएका नेपालीभाषी दर्शकको संख्या देखेपछि हलले गोहाटी र आसामा मात्रै १५ ‘शो’ दिएको गुरुङले बताए ।

“सिलोङ लगायत ठाउँमा पब्लिसिटीका लागि समय भएन त्यसैले दया दाइसँग समय लिएर फेरि एकपटक इन्डिया जाँदैछु,” गुरुङले बाह्रखरीसँग भने, “दया दाइ हङकङबाट आएपछि म फेरि उहाँलाई लिएर इन्डिया जाँदैछु ।” राई अहिले साङपाङ साँझका लागि हङकङमा छन् ।

४५ थिएटरमा प्रतिदिन कम्तिमा दुईटा ‘शो’ पाएको निर्देशक गुरुङ बताउँछन् । गुरुङका अनुसार कालिम्पोङ, मिरिक, दार्जिलिङ, खर्साङ, सिलगुडी, डुवर्स, ग्यान्टोक, नयाँ दिल्दी, कोलकाता, गोहाटी, सिलोङ, आसाम लगायत ठाउँमा ‘आप्पा’ एकसाथ प्रदर्शन हुनेछ । उनले चलचित्र डिष्टिब्युटरमार्फत् नै प्रदर्शन हुन लागेको बताए । बुवा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित चलचित्र ‘आप्पा’ आर्ट मुभी र कमर्सियल मुभीको फ्युजन रहेको लेखक तथा निर्देशक गुरुङले बताए । दयाहाङ राई र सिद्धान्त राज तामाङ चलचित्रको मुख्य भूमिकामा छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *