किन सामसुङको पानी प्रतिरोधी फोनविरुद्ध मुद्धा

२०७६ असार २०, शुक्रबार १३:०७ गते २०७६ असार २०, शुक्रबार १३:०७ गते २०७६ असार २०, शुक्रबार १३:०७ गते

अस्ट्रेलियाको एक अधिकारवादी संस्थाले सामसुङको पानी प्रतिरोधी फोनविरुद्ध मुद्धा दर्ता गरेको छ।उपभोक्तावादी संस्था द अस्ट्रेलियन कम्पीटिसन एन्ड कन्जुमर कमिसन एसीसीसीका अनुसार पौडी खेल्दा र सर्फिङ गर्दासमेत सामसुङको पानी प्रतिरोधी फोन चल्ने भन्ने विषय गलत हो। सामसुङको ३ सयवटा पानी प्रतिरोधी मोबाइलको परीक्षण गरेपछि आफूले सामसुङविरुद्ध अभिव्यक्ति दिएको एसीसीसीको दाबी छ।

सामसुङले भने रोयटर्ससँग उक्त संस्थाको भनाइ गलत भएको बताएको छ। एक वक्तव्यमा एसीसीसीले भनेको छ,‘सामसुङको विज्ञापनले समुन्द्री पानी र स्वीमिङ पुलको पानीमा उसको फोन चल्ने देखाइएको छ। चलाउँदा फोनमा कुनै खराबी आउँदैन।’

एसीसीसीका अनुसार सामसङको दाबी नुनिला पानी र स्वीमिङ पुलको पानीमा भने लागू हुँदैन। सामसुङले उसको आधिकारिक वेबसाइटमा ग्यालेक्सी एस१० समुन्द्रमा चल्ने र स्वीमिङ पुलमा चल्ने बताएको थियो। एसीसीसीका अनुसार सामसुङले विज्ञापन गर्दा पर्याप्त परीक्षण गरेको छैन्। एसीसीसीले भनेको छ,‘सामसुङले ग्यालेक्सी फोन ग्राहकलाई लोभ्याउन सार्वजनिक गरेको छ। जुन त्यस्तो अवस्थामा प्रयोग नै हुँदैनन्। यदी सामसुङ दोषी ठहरिए उसलाई जरिवाना हुनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *