काठमाडौं, २० असार । व्यक्तिगत रुपमा टाढिएका पूर्व माओवादी नेताद्वय पुष्प कमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको भेट भएको छ । बिहिबार साँझ प्रचण्ड निवास खुमलटारमा उक्त भेटको क्रममा बाबुराम भट्टराई र प्रचण्डबिच करिब डेढ घण्टासम्म भलाकुसारी भएको थाहा भएको छ । माओवादी पार्टीबाट अलग्गिएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका बाबुरामले हालै उपेन्द्र यादवको पार्र्टीसँग एकता गर्दैै समाजवादी पार्टी नेपाल बनाएका छन् ।
लामो समयपछि सुटुक्क यि दुई नेताबिच भेट हुनुको मुल कारण शान्ति प्रक्रियाका संक्रमणकालिन मुद्दा रहेको सूत्रले जानकारी दिएको छ ।पछिल्लो समय प्रचण्डले शान्ति प्रक्रियाका विषयहरु टुङ्ग्याउनको लागि प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल कांग्रेसका सभापती शेर बहादुर देउवासँग निरन्तर संवाद गरिरहेका छन् । भट्टराईसँगको भेट यसैको निरन्तरता रहेको बुझिएको छ ।सरल पत्रिका
Views: 0