‘जात्रै जात्रा’ले कमायो ९.६ करोड : स्वेताको माझी वस्तीलाई दियो १ लाख ११ हजार

२०७६ असार २३, सोमबार १२:३३ गते २०७६ असार २३, सोमबार १२:३३ गते २०७६ असार २३, सोमबार १२:३३ गते

‘जात्रै जात्रा’ सिनेमाले ५१ दिनमा ९.६० करोडको ग्रस कमाइ गरेको छ।सिनेमाका निर्देशक प्रदीप भट्टराईले सिनेमाले देशभित्र र बाहिर गरेर उक्त कमाइ गरेको सेतोपाटीलाई बताए।

सिनेमामा ‘जात्रा’को सिक्वल हो। जेठ ३ गते रिलिज भएको सिनेमाले असार २० गते शुक्रबार प्रदर्शनको ५१ औं दिन पूरा गरेको हो।राजधानीका एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिज लगायतका सिनेमा हलमा ‘जात्रे जात्रा’ले ५१ औं दिन मनाएको हो ।सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत रविन्द्र सिंह तथा रविन्द्र झाको मुख्य भूमिका रहेको छ।

५१ दिन मनाएको सिनेमाले शनिबार राजधानीमा एक कार्यक्रम गरेको थियो। सो कार्यक्रममा उसले अभिनेत्री स्वेता खड्काले संचालन गरेको ‘स्वेता श्री फाउन्डेशन’लाई पनि नगद १ लाख ११ हजार सहयोग गरेको छ ।

उसले ‘को बन्छ करोडपति?’ कार्यक्रममा जितेको रकममा थप गरेर उक्त रकम स्वेतालाई हस्तानतरण गरेको हो।कार्यक्रममा निर्देशक प्रदिप भट्टराइले आफुले निर्देशन गरेको सिनेमाको सफलताले आफूलाई अब कस्तो सिनेमा निर्माण गर्ने भन्ने चुनौती थपिएको भनाइ राखेका थिए । यस्तैगरी कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पछाडी सम्पूर्ण टिमको मेहनतका कारण सम्भव भएको बताएका थिए।सेतो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed