‘तरकारी रोक्ने निर्णय गरिहालेँ, क्षमता नै रहेनछ !’ : मात्रिका यादव

२०७६ असार २३, सोमबार १२:४३ गते २०७६ असार २३, सोमबार १२:४३ गते २०७६ असार २३, सोमबार १२:४३ गते

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भारतबाट आयात गरिएका तरकारीको विषादी परीक्षण गर्न नेपाल सरकारसँग क्षमता नरहेको बताएका छन् । राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री यादवले प्रष्टीकरण दिए– “एउटा विषयले बजार गरम छ । माननीयजी पनि तात्नु भएको छ । नेपाली जनताको हकहितका लागि तात्नु राम्रो कुरा हो । तर एउटा कुरा, कुन प्रलोभन, कुन नियत त्यो प्रश्न कहाँबाट उठिरहेछ भने लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरूको अर्कै फूर्तिफार्ती देखिन्छ ।

हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्यौँ । तरकारीको जाँच गरेर ल्याउने भन्यौँ । तर हामीसँग त्यो क्षमता रहनेछन् । एकचोटी कृषि मन्त्रालय गएर बुझ्नुपर्यो, क्षमता कति छ । यहाँहरू सत्तामा बसेकै हुनुहुन्छ । नयाँ अनुहार कोही हुनुहुन्न । हामीले त राम्रो गर्न खोज्यौँ । तर, मेरो कमजोरी हो त्यो । कृषि मन्त्रालयसँग त्यो क्षमता रहेनछ ।” आपूर्ति मन्त्रालयले विषादी परीक्षणका लागि कृषि मन्त्रालयसँग समन्वय गर्दा मन्त्रालयका सचिवले ‘हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्रै अन्तरराष्ट्रिय स्तरको मान्यता प्राप्त प्रयोगशाला रहेको’ भन्ने सुझाव लेखि पठाएकाले हाललाई रोकिएको र परीक्षणशाला तयार भएपछि विषादी परीक्षण गरिने उनको प्रष्टोक्ति थियो ।

“राम्रो काम गर्न खोज्दा कसैले अपराध बुझ्छ भने बेग्लै कुरा हो । बजारमा आउँदा हेरेँ । हिजै जवाफ दिनुपर्ने थियो, अलिकता आफ्नो कारणले आउन सकिनँ । ठाउँठाउँमा नाराजुलुस छ । आफू तेत्रो लामो समय सत्तामा बस्दा केही गर्न नसक्ने । सरकारले अहिले गर्न खोज्दा, अहिले हाम्रो त्यसमा पुगेन । कृषि मन्त्रालयबाट सुझाव आएको छ । उहाँ (कृषिमन्त्री चक्रपाणि खनाल) ले पनि सचिवले ल्याउनुभएको पढ्नु भएन कि, हामी त सचिवले ल्याएको चिज सही गर्दिन्छौँ, विश्वास गरेर, रियल, फ्याक्ट कुरा यही हो,” उनले भने ।

उनले थपे, “मेरो कमजोरी हो, हेर्नुपथ्र्यो । अलिकति त्यो स्तरको प्रयोगशाला तयार नहुँदासम्म पूर्वअवस्थामा गएका हौँ । क्वारेन्टाइन जाँचै गर्नुहुँदैन, यो गर्नुहुँदैन, नेपाल त विचित्रको पो भयो । प्रतिपक्ष, कन्सट्रक्टिभ हो कि, डिस्ट्रक्टिभ ? अहिले सत्तापक्षका साथी नै प्रश्न उठाउन थाले जिज्ञासा राख्नु एउटा कुरा, उफ्रने अर्कै कुरा हो । पाएपछि जे पनि आँक्ने, पावरमा हुँदा जे पनि गर्न खोज्ने ?”

कुर्सीमा जान नपाएर प्रतिपक्ष अराजक बनेको पनि उनले टिप्पणी गरे । यस्तो प्रवृत्तिले देश निर्माण नहुने भन्दै यथार्थमा टेकेर बहस गर्नुपर्ने उनले बताए ।“कमीकमजोरी स्वीकार्छौं, तिललाई पहाड बनाउनु भएन । आज आएर हामीले बिगारेका होइनौँ । जसको झुक्ने बानी छ, उही भनिरहेछ– विदेशीसँग झुक्यो रे ! हामी विदेशीसँग मित्रवत व्यवहार गर्न चाहन्छौँ । कसैसँग न झुक्ने, न लड्ने । देशको आवश्यकता अनुसार डिल गर्छौं । हामी कसैको दबाबमा पर्दैनौँ । अहिले त आफैँ नाकाबन्दी गर्नेतिर गयौँ,” उनले थपे ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed