फुटबलको उपाधीका लागि आर्मी र प्रहरी भिड्ने

२०७४ माघ ४, बिहीबार १३:५४ गते २०७४ माघ ४, बिहीबार १३:५४ गते २०७४ माघ ४, बिहीबार १३:५४ गते

दाग ४ माघ । नेपाल प्रहरी र नेपाली सेना राखेप च्याम्पिएनसिप २८औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता २०७४ को उपाधीका लागि भिड्ने भएका छन । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा संचालित प्रतियोगिता अन्तरगत विहिबार सम्पन्न सेमिफाइनलमा शसस्त्र प्रहरीबलको एपिएफलाई १ का विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै नेपाल प्रहरी फाइनल प्रवेश गरेको हो भने घोराही भरतपुर खेल मैदानमा सम्पन्न सेमिफाईनलमा सुदुरपश्चिमलाई १ का विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै नेपाली सेनाले फाइनलमा प्रहरी संगको भेट पक्का गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनीको खेलमैदान तुलसीपुरमा भएको निक्कै कडा प्रतिस्पर्धा अनि रोमाञ्चक सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफका तर्फबाट खेलको पहिलो हाफ्को १६ औ मिनेटमा जर्सी नं २१ का दिपक खड्काले पहिलो गोल गरेका थिए । पहिलो हाफ्मा शसक्त प्रर्दशन गरेको एपीएफ दोश्रो हाफ्को सुरुवातीमै प्रहरीको दवावमा परेको थियो ।

राष्ट्रिय खेलाडी जुमानु राईको खेलमैदान प्रवेश संगै नेपाल प्रहरीका तर्फबाट जर्सी नं २ का सन्तोष हेमरोणले खेलको ५३ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई बराबरीमा लग्न सफल भए । त्यस्तै खेलको सुरुवातीमै सशक्त र आक्रमक खेल प्रर्दशन गरका नेपाल प्रहरीका जर्सी नं ९ का सुमन लामाले खेलको ८८ औ मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

उता घोराही भरतपुर खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलको १९ औ मिनेटमा सुदुरपश्चिमका जर्सी नं १७का खेलाडी मणी चौधरीले पहिलो गोल गरेका थिए । त्यस्तै नेपाली सेनाका तर्फबाट ६९ औ मिनेटमा जर्सी नं ८ एरिक विष्टले जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । कडा प्रतिस्पर्धाका विच भएको सानदार खेलको ७१ औ मिनेटमा सेनाका जर्सी नं ९ खेलाडी राजीव गुरुङले थप एक गोल गर्दै आफ्नो टिमको फाइनल यात्रा सुरक्षीत गर्न सफल भए ।

फाइनल खेल घोराही स्थीत भरतपुर खेलमैदानमा माघ ६ गते दिउसो १ बजे हुनेछ भने तेश्रो स्थानमा लागि सुदुरपश्चिम र सशस्त्र प्रहरीबलको एपीएफ विच माघ ६ गते विहान ९ बजे खेल हुने दाङ जिल्ला फुटबल संघका सदस्य लक्ष्मण बस्नेतले जानकारी दिनु भएको छ । माघ २ गते देखी सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागिय टिम गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *